Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

प्रचारको ‘स्टन्ट’ : ‘ककाकिकी’

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रचारको ‘स्टन्ट’ : ‘ककाकिकी’
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । चलचित्रको प्रचारका लागि अपनाइने नयाँ-नयाँ शैली कहिलेकाहीँ चर्चाको विषय बन्छन् । तर, प्रचारको नाममा वास्तविक घटनाकै भ्रम सिर्जना गरियो भने त्यसले मनोरञ्जनभन्दा बढी विवाद निम्त्याउनसक्छ । यस्तै भएको छ, प्रदर्शनको तयारीमा रहेको हास्यप्रधान नेपाली चलचित्र ‘ककाकिकी’को प्रचारका क्रममा । शनिबार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा चलचित्रको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम चलिरहेको थियो । कार्यक्रमको अन्त्यतिर अचानक प्रहरीको टोली हलभित्र प्रवेश गर्‍यो । त्यसपछि चलचित्रका निर्देशक बिक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल तथा कलाकार मनोज गजुरेल र शिशिर वाङ्देललाई प्रहरीले नियन्त्रणमा लिएजसरी बाहिर निकाल्यो । उहाँहरूलाई हलबाट बाहिर ल्याएर प्रहरी भ्यानमा राखिएको दृश्यले उपस्थित सञ्चारकर्मी तथा सर्वसाधारणलाई आश्चर्यचकित बनायो । कार्यक्रमस्थलमा अप्रत्याशित रूपमा देखिएको उक्त दृश्य वास्तविक प्रहरी कारबाही हो कि भन्ने भ्रमसमेत सिर्जना भयो । कलाकार पक्राउ परेको खबर र भिडियो सामाजिक सञ्जालमा फैलिन थालेपछि घटनाले थप चर्चा पायो । तर, केही समयपछि उक्त दृश्य वास्तविक पक्राउ नभई चलचित्रको कथावस्तुमा आधारित प्रचारात्मक स्टन्ट भएको निर्माण पक्षले स्पष्ट पार्‍यो । निर्माण टिमका अनुसार चलचित्रमा समावेश प्रहरीद्वारा पात्रहरूलाई नियन्त्रणमा लिने दृश्यलाई ट्रेलर सार्वजनिक कार्यक्रममा समेत पुनः प्रस्तुत गरिएको थियो । चलचित्रको कथावस्तुलाई जीवन्त रूपमा देखाउँदै दर्शकको ध्यान आकर्षित गर्ने उद्देश्यले यस्तो प्रस्तुति गरिएको उनीहरूको भनाइ छ । माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै उक्त दृश्य काल्पनिक भएको स्पष्ट पारेको छ । चलचित्रको छायांकन तथा प्रचारप्रसारका क्रममा प्रहरीसँग आवश्यक समन्वय र अनुमति लिएर दृश्य तयार गरिएको कम्पनीको दाबी छ । कुनै पनि कलाकार, निर्देशक वा चलचित्रकर्मी वास्तविक रूपमा पक्राउ नपरेको पनि कम्पनीले जनाएको छ । तर, निर्माण पक्षको स्पष्टीकरणपछि पनि प्रचारको शैलीमाथिको बहस रोकिएको छैन । प्रहरीको पोशाक, पक्राउ र नियन्त्रणजस्ता संवेदनशील विषयलाई वास्तविक घटनाकै स्वरूपमा प्रस्तुत गर्दा सर्वसाधारणमा अनावश्यक त्रास र भ्रम फैलिनसक्ने भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कतिपयले चलचित्र प्रचारका नाममा अपनाइएको यस्तो शैलीलाई गैरजिम्मेवार र असंवेदनशीलसमेत भनेका छन् । गजुरेलले मागे माफीप्रचारात्मक प्रस्तुतिले दर्शकमा भ्रम सिर्जना गरेको भन्दै कलाकार मनोज गजुरेलले माफी माग्नुभएको छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उक्त प्रस्तुतिमा आफू पनि सहभागी भएको स्वीकार गर्नुभएको छ । उहाँले आफू व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा आस्था राख्ने व्यक्ति भएको उल्लेख गर्दै घटनाबाट दर्शकमा परेको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्नुभएको छ । मनोरञ्जनका नाममा समाजमा अनावश्यक भ्रम थप्नु उचित नहुने उहाँको भनाइ छ । नियत राम्रो हुँदाहुँदै पनि निर्णयमा त्रुटि हुनसक्ने र त्यस्तो त्रुटि स्वीकार गरी सुधार गर्नु सर्जकहरूको दायित्व भएको उहाँले बताउनुभएको छ । साथै, चलचित्र धेरै कलाकार तथा प्राविधिकको मिहिनेतबाट निर्माण हुनेभएकाले प्रचारको एउटा शैलीकै आधारमा समग्र चलचित्रको मूल्यांकन नगरिदिन उहाँले दर्शकसँग आग्रह गर्नुभएको छ । अस्पताल बनाउने कथामा हास्यरसविवादका बीच सार्वजनिक भएको चलचित्र ‘ककाकिकी’को ट्रेलरले भने यसको कथावस्तुबारे उत्सुकता जगाएको छ । ट्रेलरमा कुलेबारी गाउँका स्थानीयवासीले आफ्नो गाउँमा अस्पताल निर्माण गर्ने प्रयास र त्यसका लागि बनाएका विभिन्न योजनालाई हास्यरसमा प्रस्तुत गरिएको छ । अस्पताल बनाउन बैंक लुट्नेसम्मको योजना बनाइएको दृश्यले चलचित्रको कथालाई रोचक बनाएको छ । चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के र मनोज गजुरेललगायत कलाकारको अभिनय छ । ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री गौरी मल्लले चलचित्रले अन्य चलचित्रभन्दा फरक प्रस्तुति दिने प्रयास गरेको बताउनुभएको छ । निर्देशक बिक्की अग्रवालले नेपाली दर्शकको रुचिनुसार चलचित्र निर्माण गरिएको दाबी गर्नुभएको छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशन रहेको चलचित्रको लेखन बिक्की अग्रवाल, सरोज भण्डारी र विकास अर्यालले गर्नुभएको हो । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रको छायांकन निर्देशन (डिओपी) सुदीप बरालले गर्नुभएको छ । ‘कमेडी दरबार’ टिमसँग सम्बन्धित यस चलचित्रमा हास्य र सामाजिक विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसअघि भदौ १९ गते प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र बाढीपहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै प्रदर्शन मिति सारिएको थियो । अब चलचित्र आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रको कथावस्तु, कलाकारको उपस्थिति र ट्रेलरले दर्शकमाझ उत्सुकता जगाइरहेका बेला प्रचारका क्रममा अपनाइएको शैलीले भने निर्माण टिमलाई प्रदर्शनअघि नै जवाफदेहिताको प्रश्नसँग जोडिदिएको छ । चलचित्रले पर्दामा कस्तो मनोरञ्जन दिन्छ भन्ने कुरा प्रदर्शनपछि थाहा हुनेछ, तर दर्शकको विश्वास जित्न प्रचारमा सिर्जनशीलतासँगै संवेदनशीलता र जिम्मेवारी पनि उत्तिकै आवश्यक हुन्छ भन्ने सन्देश ‘ककाकिकी’ प्रकरणले दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने
Latest NewsJust now

एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने

काठमाडौं । कनेक्टिङ फर प्रोस्पेरेटी भन्ने नाराका साथ क्यानडाको टोरन्टोमा आगामी २०२७ अप्रिल २४ र २५ मा हुने १० औँ क्षेत्रीय सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारीको नेतृत्व अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलको टिमले गरिरहेको छ । सम्मेलनलाई केवल औपचारिक भेला वा नियमित ...

हिमालय टाइम्स
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह
Latest NewsJust now

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुग्नुभएका अध्यक्ष ढकालले दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो ...

हिमालय टाइम्स
‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट
Latest NewsJust now

‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट

काठमाडौं । कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि भन्ने नाराका साथ हुन गइरहेको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ अर्थात ‘एग्री मेक’को सपोर्टिङ पार्टनरमा ग्लोबल आइएमई बैंक र ओविफर्ट थपिएका छन । आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा दुवै संस्थाले सहकार्य गर्ने भएका हुन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले सामाजिक सञ्जालमार्फत दुवै ...

हिमालय टाइम्स
आइएमई बिग सावधिक जीवन बीमा योजना
Latest NewsJust now

आइएमई बिग सावधिक जीवन बीमा योजना

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लक्ष्मीपूजाको अवसरमा लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । बचत र जीवन सुरक्षा एकसाथ समेट्ने योजनाले बीमा लेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनसमार्फत थप लाभ प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमांक रकम, बोनस तथा लोयल्टी बोनस ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play