प्रचण्डको दाबी– केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुन्छ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’को उद्घाटन गर्दै संयोजक दाहालले तत्कालीन जनयुद्धको स्मरण गर्दै जनताका मुद्दा निष्ठापूर्वक उठाउँदा जस्तोसुकै प्रतिकूलतामा पनि जनसमर्थन जुट्ने विश्वास व्यक्त गरेका हुन् । प्रारम्भिक चरणको कठिन यात्राको समीक्षा गर्दै उनले सुरुवाती दिनमा सीमित संख्यामा रहेका कार्यकर्ताबाट शुरु भएको आन्दोलन कालान्तरमा लाखौँ जनताको समर्थनमा रूपान्तरण भई मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव भएको बताए। इतिहासमा आफ्नो पार्टीले खेलेको भूमिका र विचारको महत्वलाई अवमूल्यन गर्न खोजिएको टिप्पणी गरे । वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलन र त्यसको ऐतिहासिक योगदानलाई कमजोर आँक्ने प्रवृत्ति बढेको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनका संवाहकलाई उपेक्षा गर्ने प्रयास सफल नहुने जिकिर गरे । उनले विचार, सिद्धान्त र बलिदानको जगलाई कसैले पनि सजिलै मेटाउन नसक्ने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो समय पार्टीप्रति भइरहेका विभिन्न टीकाटिप्पणी र आलोचनाप्रति संकेत गर्दै इतिहासलाई ‘माइनस’ गरेर अघि बढ्न नसकिने चेतावनी दिए । दाहालले भने, ‘जनताका मुद्दा उठाउने र जनताकै निम्ति लड्ने हो भने अन्ततः जनताले साथ दिन्छन् भन्ने विश्वासका साथ हामी अघि बढ्यौँ । जनयुद्ध शुरु गर्दा हामी जम्मा ६० जना थियौँ। त्यही सङ्ख्या बढ्दै ६००, ६ हजार, ६ लाख हुँदै ६० लाखसम्म पुग्यो र अन्ततः नेपाल गणतन्त्र बन्यो । आज हाम्रो विचार र इतिहासमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रयास भइरहेको छ । तर हामीलाई विश्वास छ, केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुनेछ ।’ उनले जनताको हित र परिवर्तनका एजेन्डामा दृढ रहेर अगाडि बढेमा निकट भविष्यमै फेरि पार्टीको पक्षमा अनुकूल राजनीतिक माहोल बन्ने विश्वास व्यक्त गरे ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते
७ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न… ...

स्थानीय र प्रदेशको चुनाव केन्द्रित अभियानमा नेकपा
७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय चुनाव र प्रदेशको केन्द्रित अभियानमा लागेको छ । यो पार्टीले शनिबारबाट दुई महिने राष्ट्रिय जागरण अभियान सुरू गरेको छ । आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानको मुख्यत: तीन वटा उद्देश्य छ । पहिलो : पार्टीको सदस्यता नवीकरणदेखि समायोजन प्रक्रिया टुंग्याउने र महाधिवेशनको तयारीलाई अन्तिम रुप… ...

आनी छोइङमाथि वरिष्ठ अधिवक्ता त्रिपाठीको आरोप : जेलमा बस्नुपर्नेलाई पुरस्कृत गरियो
७ कात्तिक,बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा हालै मात्र नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता र हङकङबाट आएको १६ लाख अमेरिकी डलरबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ । डोल्माको नियुक्तिको विरोधमा आज लुम्बिनीको पर्साचोकमा आयोजित विरोध सभामा बोल्दै स्थानीय वासिन्दा समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले डोल्माको नागरिकता र हङकङबाट आएको रकम विवादमा रहेकाले… ...

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु
७ कात्तिक, काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चारैजना पाइलटको मृत्यु भएको छ। दुर्घटना स्थानीय समयअनुसार, दिउँसो ३:५१ बजे मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेस नजिकै भएको हो। दुवै 'एसएफ-२६०' विमान कम उचाइमा उडिरहेका थिए। एउटा विमानको भग्नावशेष सैन्यकर्मीहरूको ब्यारेक नजिकै खसेको… ...


