प्यारिसनजिक घातक गोलीकाण्ड, 'जातिवादी आतङ्कवादी हमला' को सङ्ज्ञा

EPA फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्यारिसनजिक भएको गोलीकाण्डलाई "जातिवादी आतङ्कवादी हमला" को सङ्ज्ञा दिएका छन्।उक्त हमलामा परी एक जनाको ज्यान गएको छ भने अरू पाँच जना घाइते भएका छन्।"हमला हाम्रो गणतन्त्र र राष्ट्रको जीवनमा एउटा निर्णायक मोड हो" भन्दै माक्रोँले यो प्रकृतिको अन्धाधुन्ध जातीय हत्याकाण्ड पहिलो पटक भएको बताएका छन्। फ्रान्समा प्रदर्शनकारीले आगो लगाउँदा टाउन हल गर्ल्यामगुर्लुम हुँदाको क्षणप्यारिसमा विरोध प्रदर्शन दङ्गा र लुटपाटमा परिणत, जलेका कार र फुटेका सिसा सडकमा छरपस्ट करिब १५ मिनेटसम्म चलेको उक्त हमलाका क्रममा आक्रमणकारीले आफ्नो गाडीभित्रबाट गोली चलाएका थिए।शुरूमा उनले प्यारिसको दक्षिण-पश्चिममा पर्ने ट्र्याप भन्ने ठाउँमा र त्यसपछि नजिकैको ला भेरिआ शहरमा मानिसहरूलाई निशाना बनाएका थिए।आप्रवासी मूललाई निशाना Getty Images हमलाकारीले खास गरी आप्रवासी मूलका व्यक्तिहरूलाई लक्षित गरेको देखिन्छ। पछि उनलाई पक्राउ गरियो।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ, जसमा एक १२ वर्षीया बालिका पनि छिन्।ट्र्यापमा घटनास्थलको निरीक्षण गर्ने क्रममा माक्रोँले पीडितहरूलाई उनीहरूको जाति अथवा धर्मका आधारमा निशाना बनाइएको बताए। उनले त्यस्ता विचाराधाराले जरा गाड्न थालेको भन्दै मानिसहरूलाई कुनै अवस्थामा नझुक्न आग्रह गरे।आक्रमणको उद्देश्य अझै स्पष्ट भएको छैन। तर राष्ट्रिय आतङ्कवादविरोधी अभियोजनकर्ता कार्यालय पीएनटीले उक्त घटना "आतङ्कवादी गतिविधिहरूसँग जोडिएको हत्या" जस्तो देखिएको सङ्केत गरेको छ।फ्रान्सका सञ्चारमाध्यमहरूमा सन्दिग्ध व्यक्तिको पहिचान केभिन टी भनेर गरिएको छ। पीएनएटीका अनुसार उनीविरुद्ध यसअघि चार वटा मुद्दाहरू रहेकामा पछि हटाइएको थियो।स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रहरीलाई ती ३९ वर्षीय व्यक्तिका बारेमा जानकारी भए पनि फ्रान्सका गुप्तचर निकायहरूसँग भने उनीबारे कुनै जानकारी थिएन।राष्ट्रिय आतङ्कवाद विरोधी अभियोजकको कार्यालयले बीएफएम टीभीलाई बताएअनुसार ती व्यक्ति फ्रान्सको सुरक्षाका लागि गम्भीर खतरा मानिने मानिसहरूका सूचीमा समावेश थिएनन्।शुक्रवार ती सन्दिग्ध व्यक्तिका "निकटतम परिवार" का एक सदस्यलाई नियन्त्रणमा लिइएको पनि विवरणमा जनाइएको छ।अन्धाधुन्ध गोली प्रहार Getty Images ट्र्यापका मेअर अली राबेहले शुक्रवार बिहान "एक व्यक्तिले आफ्नो गाडीबाट धेरै मानिसहरूमाथि गोली चलाएको" बताएका छन्।प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीले खैरो रङको रेनल्ट क्लिओ गाडीमा विभिन्न क्षेत्रमा यात्रा गरेका थिए।आक्रमणकारीले "अन्धाधुन्ध गोली चलाएका" र तिनको उद्देश्य "सकेसम्म धेरै हताहती गर्ने… अर्थात् व्यापक विनाश मच्चाउने" देखिएको मेअर राहेबले बताए।उनका अनुसार आक्रमणकारीले ट्र्यापस्थित पेट्रोल स्टेशन, एउटा चिकित्सा केन्द्र र खेल मैदानमा रहेका मानिसलाई निशाना बनाएका थिए। त्यसपछि नजिकैको ला भेरिआ क्षेत्रतर्फ उनी लागेका थिए।प्रहरी युनियनका एक अधिकारीले जानकारी दिएअनुसार सन्दिग्ध व्यक्तिलाई ला भेरिआतर्फ जाने मुख्य सडक एन टेनमा नियन्त्रणमा लिइएको थियो।घाइते १२ वर्षीया बालिकाकी आमाले फ्रेन्च प्रसारक आरटीएललाई बताएअनुसार उनकी छोरीलाई आठ राउन्ड गोली लागेको छ र उनको शल्यक्रिया गर्नुपर्ने भएको छ। "कसैले एउटा बच्चामाथि यस्तो व्यवहार कसरी गर्न सक्छ?," उनले प्रश्न गरिन्।उनले आफ्नी छोरीले हिजाब लगाएकी र सोही कारण उनीमाथि हमला गरिएको हुन सक्ने बताइन्।"उनी फ्रान्सको ट्र्यापमा जन्मेकी बच्चा हुन्। उनलाई फ्रान्समा बस्ने र यहाँ आफ्नो जीवन बाउने अधिकार छ," उनले अगाडि थपिन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला
हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा भेटिएको हो। ...

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
पेरिस। गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा भड्किएपछि फ्रान्सले यस सप्ताहान्तमा हुन सक्ने प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन देशव्यापी बनेको थियो। आन्दोलनमा बढ्दो महँगी र जीवनयापनको लागतप्रति सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति थप तनावपूर्ण बनेको हो। पेरिसमा आयोजित ...

जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी छन् । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको अवस्था दर्शाएको उनको सचिवालयले जनाएको छ ...

इरानले सम्झौता नगरे फेरि सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता नगरे फेरि सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन् । उनले यसअघि सञ्चालन गरिएको ‘एपिक फ्युरी’ अभियानजस्तै अर्को सैन्य अभियान चलाउन सकिने बताएका हुन् । शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा अर्को सैन्य अभियान सञ्चालन गर्ने दुई विकल्प रहेको बताए […] ...


