पौने ६ लाखले छाडिसके काठमाडौं उपत्यका

काठमाडौं।दशैंको टीका नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट गाउँघर फर्किनेको लर्को लागेको छ। घटस्थापनादेखि मंगलबारसम्म ५ लाख ७६ हजार ५७८ जना उपत्यका छाडिसकेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन्। रोजगारी, अध्ययन र व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका नागरिक दशैं मनाउन आफ्नो जन्मथलो फर्किन थालेपछि प्रमुख नाका र बसपार्कमा यात्रुको चाप बढेको छ। उपत्यका छाड्नेमा पुरुषको संख्या बढी छ। ट्राफिक प्रहरीका अनुसार घर फर्किने यात्रुमध्ये ३ लाख ४८ हजार ८२३ जना पुरुष र २ लाख २७ हजार ७५५ जना महिला छन्। नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट बाहिरिने यात्रुको चाप बढिरहेको छ। दशैं नजिकिँदै जाँदा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप थप बढ्ने देखिएको छ। यात्रुको चापसँगै सम्भावित दुर्घटना न्यूनीकरण र आवागमन सहज बनाउन ट्राफिक प्रहरीले निगरानी बढाएको छ। उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार चाडपर्वका बेला यात्रुको सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ। लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था र चालकको स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रहरीले यात्रु तथा चालक दुवैलाई सावधानी अपनाउन आग्रह गरेको छ। दशैं परिवारसँग भेटघाट, खुसी साटासाट र परम्परा मनाउने पर्व भएकाले उपत्यकाबाट बाहिरिने क्रम हरेक वर्ष बढ्ने गर्छ। राजधानी छाड्नेको लर्कोसँगै उपत्यकाका सडक र बस्तीमा भने क्रमशः चहलपहल घट्दै जाने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

२४ घण्टामा विपद्का २४ घटना- एक जनाको मृत्यु, ११ घाइते
बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ। क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ। यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक... ...

हजुरआमा बिनाको चिसो दसैं : सुरज तमु
रंगकर्मी सुरज तमुको दशैं सम्झना : एकातिर बाघचाल खेल्नेहरू हुन्थे भने अर्कातिर भैँसीको छालाबाट ‘नारा’ बनाउनेहरू हुन्थे । असारमा कुन नारा बलियो भयो, कसको छिनियो वा यसपालि कस्तो बन्ला भन्नेबारे गफगाफ चल्थ्यो । ...

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा... ...

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
काठमाडाैँ । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने... ...


