पोखरा स्कुल बस दुर्घटना: प्राविधिक खराबी र चालकको लापरवाही मुख्य कारण

काठमाडौं। पोखराको माझठानामा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाहीका कारण भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको नेतृत्वमा गठित समितिले नगरप्रमुखलाई बुझाएको प्रतिवेदनमा दुर्घटनाका विविध पक्षको विश्लेषण गरिएको छ। गत असोज २३ गते विद्यार्थी बोकेको ग २ ख १७४७ नम्बरको बस माझठानाबाट कालिकातर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेको थियो। उक्त दुर्घटनामा पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए। समितिले बसको ब्रेक प्रणाली, स्टेरिङ, सस्पेन्सन र टायरमा समस्या रहेको औँल्याएको छ। बसको मर्मत अभिलेख अद्यावधिक नभएको र अनिवार्य प्राविधिक जाँचपास नगरिएको प्रतिवेदनमा उल्लेख छ। चालकले अगाडि कालो वस्तु देखिएपछि बस अनियन्त्रित भएको बयान दिए पनि समितिले तीव्र गति र प्राविधिक पक्षलाई नै मुख्य कारण मानेको छ। साथै, सडक किनारमा सुरक्षा बार र गार्डरेलको अभावले दुर्घटनाको गम्भीरता बढाएको प्रतिवेदनमा उल्लेख छ। उक्त बस श्रद्धा भण्डारीको नाममा दर्ता भई विद्यालयले भाडामा सञ्चालन गरेको पाइएको छ। विद्यालयको प्रत्यक्ष नियन्त्रणबाहिरका सवारीसाधन प्रयोग गर्दा जोखिम बढ्ने भन्दै समितिले मापदण्ड पूरा गरेका सवारीसाधन मात्र प्रयोग गर्न सुझाव दिएको छ। समितिले विद्यालयका सवारीसाधनको नियमित प्राविधिक परीक्षण, चालकको योग्यता र सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न सिफारिस गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १ई समाचार’मा प्रस्तुत गरेका छौँ– कालोपत्रे सडक विस्थापित गर्ने सरकारी नीति सरकारले सडक कालोपत्रे गर्न बिटुमिनको प्रयोग... ...

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ
काठमाडौँ, कात्तिक ११ गते । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ प... ...

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
काठमाडौँ, कात्तिक ११ गते । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ ।विसं २०७९ वैशाख १६ गते... ...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
दमौली (तनहुँ), कात्तिक ११ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट आज राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानी... ...


