Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ। जारी संस्करणमा लुम्बिनी लायन्स अपराजित छ। उसले अहिलेसम्म दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अंक बाँडेको छ। पोखरा भने अहिलेसम्म जितविहीन छ। उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो। पोखरा आज लुम्बिनीलाई हराएर पहिलो जित दर्ता गर्ने योजनामा छ। आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले २ रनको रोमाञ्चक जित निकालेको थियो। जारी संस्करणको एनपिएलमा पनि आठ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारले धान किन्ने प्रक्रिया अघि बढायाे
Latest NewsJust now

सरकारले धान किन्ने प्रक्रिया अघि बढायाे

काठमाडाैँ। सरकारले धान किन्ने प्रक्रिया अघि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबिचको समन्वयमा सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि... ...

रातोपाटी
कर्णालीमा निवृत्तिभरण र खानेपानी विधेयक अघि बढाइने
Latest NewsJust now

कर्णालीमा निवृत्तिभरण र खानेपानी विधेयक अघि बढाइने

कर्णाली।कर्णाली प्रदेश सरकारको आज सुर्खेतस्थित वीरेन्द्रनगरमा बसेको मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेको छ। बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा बीउबिजन परीक्षण तथा गुणस्तर नियमन केन्द्र र बीउबिजन परीक्षण प्रयोगशालाको कार्य गर्ने निकाय तोक्ने निर्णय ...

नेपालन्युज
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे
Latest NewsJust now

भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे

काठमाडौँ, कात्तिक १७ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वज... ...

गोरखापत्र
लुम्बिनीलाई सफलता, पोखराका किरन ठगुन्ना पनि आउट
Latest NewsJust now

लुम्बिनीलाई सफलता, पोखराका किरन ठगुन्ना पनि आउट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा एभेन्जर्सले आठौँ विकेट पनि गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्ससँगकाे खेलमा पोखरा एभेन्जर्सले किरन ठगुन्नालाई गुमाएको हाे ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play