Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

देउवा कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१ देखि काठमाडौंमा हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१ देखि काठमाडौंमा हुने
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने बताएका छन् । मंगलबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाटमा महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र त्यसपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने बताएका हुन् । महाधिवेशनको तयारीबारे जानकारी दिँदै उनले हालसम्म ६१८ पालिका, २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको बताए । त्यस्तै, २६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको र थप चार जिल्लामा प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए । छोटो समयमै देशभरका पार्टी कार्यकर्ताको उत्साहपूर्ण सहभागितामा अधिवेशन प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै महतले विभिन्न तहका अधिवेशन स्थानीय कार्यकर्ताले आफ्नै स्रोतसाधन र स्वैच्छिक सहयोगमा सम्पन्न गरिरहेको बताए । विशेष अधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले दिएको मान्यतामाथि प्रश्न उठाउँदै उनले त्यससम्बन्धी विवादमा सर्वोच्च अदालतमा पुनरावलोकन प्रक्रिया अघि बढिरहेको जानकारी दिए । अदालतको पुनरावलोकनबाट देउवा नेतृत्वकै कांग्रेसले आधिकारिक मान्यता पाउने उनको विश्वास छ । विशेष अधिवेशनको प्रक्रिया विधि र विधानअनुसार नभएको दाबी गर्दै महतले त्यसलाई मान्यता दिलाउन भएका भनिएका गतिविधिबारे गहिरो अनुसन्धान हुनुपर्ने माग गरे । उनले नेपाली कांग्रेसको वैचारिक तथा सांगठनिक पहिचानसमेत विशेष अधिवेशनबाट आएको नेतृत्वले जोगाउन नसकेको आरोप लगाए । बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादी विचार र पार्टीभित्र सहमतिका आधारमा निर्णय गर्ने परम्परालाई आफूहरूले निरन्तरता दिइरहेको उनको भनाइ थियो । महतले देशभरका नेता तथा कार्यकर्तालाई मंसिर २१ देखि हुने १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ
OthersJust now

कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले कामीलाई घरमा अवैध हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दै पक्राउ… ...

अनलाइन खबर
बैंकहरूको लगानीमा बढ्यो प्रतिफल, आधा दर्जनले लाभांश दिन नसक्ने
OthersJust now

बैंकहरूको लगानीमा बढ्यो प्रतिफल, आधा दर्जनले लाभांश दिन नसक्ने

गत आर्थिक वर्ष बैंकहरूले कर्जा नोक्सानी व्यवस्था बापत धेरै रकम छुट्याउनुपर्ने तथा कर्जा असुलीमा समस्या आएकाले आरओई घटेको थियो । आरओई सेयरधनीको लगानीबाट बैंकले कति नाफा कमायो भनेर मापन गर्ने सूचक हो । ...

अनलाइन खबर
सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण
OthersJust now

सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण

१७ कात्तिक, सप्तरी । यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान सुरु गरेको छ । ‎‎लाइसेन्स छापिएपछि लिनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयले पालिकामार्फत वितरण सुरु गरेको हो । ‎कार्यालयका अनुसार हाल बोदेबरसाईन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकाबाट सेवा सुरु… ...

अनलाइन खबर
कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार, सरकारको आह्वान
OthersJust now

कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार, सरकारको आह्वान

तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ- कुकुर तिहारको बारेमा राम्रो रील बनाउने । तपाईंले बनाएको रील सर्वोत्कृष्ट ठहरिएमा एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ । यसरी कुकुरको सर्वोत्कृष्ट रीललाई सरकारले पुरस्कृत गर्न लागेको हो । किनकि सरकारले पहिलो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play