पोखरा एभेन्जर्समा बङ्गलादेशी अलराउन्डर मेहदी हसन अनुबन्धित

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले आज सामाजिक सञ्जालमार्फत हसनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। आइसिसीको टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौँ स्थानमा रहेका हसनले एनपिएलमा पोखराको जर्सी लगाउनेछन्। ३१ वर्षीय हसनले बङ्गलादेशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन्। उनले बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा विभिन्न छ टोलीबाट खेलिसकेका छन्। एनपिएल उनका लागि पहिलो विदेशी लिग हुनेछ। पोखराले यसअघि बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

मैथिल परम्पराको रावण वध उत्सव सम्पन्न
महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावण वध उत्सव मटिहानीसहित महोत्तरीका कैयौँ ठाउँमा आज (बुधबार) साँझ सम्पन्न भएको छ । त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा... ...

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी
काठमाडौँ । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसी पालन गरी... ...

माइतीघर मण्डलमै बित्यो दीपा नेपालीको दसैं
जातीय विभेदविरुद्ध न्याय माग्दै १८६ दिनदेखि ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन थालेकी दीपा नेपालीले यस वर्षको दसैं माइतीघर मण्डलको सडकमा बिताइन् । ...

घट्दै काठका ठेकीको माग, पेसा जोगाउनै चुनौती
दही, मोही र घ्यु राख्न प्रयोग हुने काठका ठेकीको चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । प्लास्टिक र धातुका भाँडाकुँडाको प्रयोग बढेसँगै काठका ठेकीको माग घटेको छ भने परम्परागत पेसामा लागेकाहरू विकल्प खोज्न थालेका छन् । ...


