पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको हो। पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विपिन खत्री ५ रनमा अविजित रहे। सुदूरपश्चिमका स्कट कुगेलाइनले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए। अविनास बोहराले ३ ओभरमा १५ रन खर्चिए पनि विकेट लिन सकेनन्। अब सुदूरपश्चिम रोयल्सले जितका लागि १४६ रन बनाउनुपर्नेछ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

खेलमा उतारचढाव आउँछ, पहिलो हार दशा कटे जस्ते भयो : ईशान पाण्डे
काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ब्याटर इसान पाण्डेले क्रिकेटमा हारजित र खेलको नतिजामा उतारचढाव आउनु सामान्य भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला दुई सिजनदेखि खेलको अन्तिम समयमा नतिजा उल्टिने गरेको... ...

सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित ५१ रनको योगदान दिए। त्यस्तै, इशान पाण्डेले ३७ र ब्रान्डन म्याकुलमले २२ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको ...

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
• शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीबीच द्विपक्षीय सम्बन्ध र शिक्षा क्षेत्रमा सहकार्यको बारेमा छलफल भएको छ। • मन्त्री पोखरेलले प्राविधिक शिक्षा र व्यावसायिक तालिमसम्बन्धी नयाँ ऐनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। • राजदूत मेउलीले भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिप्रति संवेदना व्यक्त गर्दै नेपाल र स्विट्जरल्याण्डबीचको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरेका छन्। ...

आर्या फार्मास्युटिकल्स र NPL बीच तीन वर्षका लागि सहकार्य
काठमाडौं । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ । यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने कंम्पनीले लक्ष्य राखेको छ । आफ्नो ३० वर्षे […] ...

