Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
Photo / Coverage: टेक्नोलोजी खबर

शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको हो। स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन्। स्मार्टफोन खरिदमा मात्र सीमित नभई ग्राहकलाई शाओमीका विभिन्न प्रविधि र उत्पादनको एकै ठाउँमा अनुभव दिलाउने उद्देश्यले स्टोर स्थापना गरिएको कम्पनीले जनाएको छ। आधुनिक प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउँदै दैनिक जीवनलाई सहज बनाउने शाओमीको अवधारणालाई स्टोरले थप अघि बढाउने विश्वास कम्पनीको छ। नेपालमा शाओमीका होम अप्लायन्सेस तथा साना घरायसी विद्युतीय उपकरणको एकमात्र आधिकारिक वितरक टेलिडाइरेक्ट प्रालिले यस स्टोरमार्फत आफ्नो खुद्रा बजार विस्तारलाई अघि बढाएको हो। कम्पनीले आगामी दिनमा एआईओटी उत्पादन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनरलगायत स्मार्ट होमसम्बन्धी सामग्री थप गर्दै उत्पादनको दायरा विस्तार गर्ने योजना बनाएको छ। टेलिडाइरेक्ट प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले शाओमीलाई स्मार्टफोनमा मात्र सीमित नराखी यसका सम्पूर्ण स्मार्ट प्रविधि र उत्पादन उपभोक्तामाझ पुर्‍याउने कम्पनीको लक्ष्य रहेको बताए। उनले भने, ‘हाम्रो उद्देश्य शाओमीलाई स्मार्टफोनभन्दा बाहिर पनि विस्तार गर्दै यसका सम्पूर्ण स्मार्ट जीवनशैलीसँग सम्बन्धित उत्पादन उपभोक्ताको नजिक पुर्‍याउनु हो। पोखरा हाम्रा लागि महत्वपूर्ण बजार हो। यहाँ एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याउनु यस दिशामा महत्वपूर्ण कदम हो। ग्राहकले एउटै स्थानमा शाओमीका विभिन्न उत्पादन तथा नवीन प्रविधिको अनुभव लिन सक्ने वातावरण बनाउनु हाम्रो लक्ष्य हो। आगामी दिनमा खुद्रा बजार विस्तार गर्दै नेपालभरका उपभोक्तामाझ शाओमीका थप आकर्षक उत्पादन पुर्‍याउने हाम्रो योजना छ।’ The post पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू
TechnologyJust now

कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू

कृत्रिम बौद्धिकता (एआई) साधारण च्याटबटबाट अगाडि बढ्दै आफैँ निर्णय लिन र कार्य सम्पादन गर्न सक्ने ‘एजेन्टिक एआई’ युगमा प्रवेश गरेसँगै दक्षिण एसियाली संस्थाहरूमा कागजी नीति र वास्तविक सुरक्षा कार्यान्वयनबीचको खाडल चुनौतीका रूपमा देखिएको छ। यही चुनौतीलाई सम्बोधन गर्दै ईसी-काउन्सिल र दक्षिण एसिया क्षेत्रको समर्पित साइबर सुरक्षा कम्पनी वान कभर प्रा.लि.ले संस्थाहरूलाई कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ लैजान रणनीतिक पहल सुरु ...

टेक्नोलोजी खबर
एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान
TechnologyJust now

एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गरेका छन्। उनले एआई प्रणालीको सुरक्षा मूल्याङ्कन तथा यसको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। बार्बाडोसको राजधानी ब्रिजटाउनमा आयोजित एआई सुरक्षा सम्बन्धी विशेष शिखर सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले एआईले स्वास्थ्य, शिक्षा र वैज्ञानिक अनुसन्धानका ...

टेक्नोलोजी खबर
१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए
TechnologyJust now

१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए

नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ क्रिएटिभ अवार्ड २०८३ का लागि निर्णायक मण्डल गठन गरेको छ। विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङलगायत विभिन्न क्षेत्रका विज्ञहरू समेटेर निर्णायक मण्डल गठन गरिएको संघले जनाएको छ। संघका अनुसार निर्णायक मण्डलको अध्यक्षमा प्रा. डा. विजय कुमारी केसी तथा बाह्य निर्णायकका रूपमा रविन्द्रमान श्रेष्ठ र भारती सिग्देल निरौला रहेका छन्। यस वर्षको क्रिएटिभ अवार्डका लागि विज्ञापन, ...

टेक्नोलोजी खबर
सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक
TechnologyJust now

सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक

अनरको नयाँ स्मार्टफोन सार्वजनिक हुँदा त्यसले हलिउडसँग आफ्नो सम्बन्ध देखाउने प्रयास गर्नु सामान्यजस्तै बनेको छ। नयाँ म्याजिक ९ प्रो म्याक्स सार्वजनिक गर्दै चिनियाँ कम्पनी अनरले फेरि एकपटक मोबाइल सिनेमाटोग्राफीको परिभाषा बदल्ने दाबी गरेको छ। एरिसँगको सहकार्यबाट लाभ लिने यो अनरको पहिलो वास्तविक फ्ल्यागसिप फोन हो। यसअघि रोबोट फोनले मात्रै यस्तो सहकार्यको लाभ पाएको थियो। जर्मनीको एरि कम्पनीले एलेक्सा सिनेमा क्यामेरा निर्माण ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement