Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ। विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले प्राधिकरणले चार वर्षअघि सुरु गरेको आयोजनाअन्तर्गत पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए। उनका अनुसार भरतपुरको काम अन्तिम चरणमा पुगेको छ। पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १६५.७ किलोमिटर क्षेत्रमा तार बिछ्याइएको छ। त्यसमध्ये ५५.२ किलोमिटर क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाहसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए। प्राधिकरणले पहिलो चरणमा पोखराका मुख्य सहरी क्षेत्र तथा पर्यटकीय आवागमन बढी हुने स्थानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेतीपुलसम्म पृथ्वी राजमार्ग क्षेत्रमा रहेका चार सयभन्दा बढी घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन भइसकेको छ । त्यस्तै, सेतीपुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सम्पन्न भएको उहाँले जानकारी दिए। लेकसाइडका भित्री सडकमा समेत तार बिछ्याइसकिएको र अब विद्युत् प्रवाह गर्न मात्र बाँकी रहेको छ । अहिले सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा तथा सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै लेकसाइडस्थित तालबाराही मन्दिरतर्फ जोडिने सडकका केही खण्डमा तार बिछ्याउने काम भइरहेको छ। “सेतीपुल निर्माणाधीन अवस्थामा रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा तत्काल विद्युत् प्रवाह गर्न सकिएको छैन”, इन्जिनियर सुवेदीले भने, “पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले छिट्टै बाँकी क्षेत्रमा पनि भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन हुनेछ ।” आयोजनाअन्तर्गत पोखराका मुख्य राजमार्गसँगै सहायक सडकमा पनि तार भूमिगत गर्ने काम भइरहेको छ । विद्युत्का तारसँगै टेलिफोन, केबल टेलिभिजन र इन्टरनेट सेवाका लागि अप्टिकल फाइबरसमेत बिछ्याइएको छ । भूमिगत प्रणाली सञ्चालनमा आएका क्षेत्रमा पुराना विद्युतीय पोल र तार हटाइएको आयोजना कार्यालयले जनाएको छ । पोखरामा छ हजार घरधुरीलाई भूमिगत प्रणालीबाट विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य छ । त्यस्तै, भरतपुरमा कुल १५६.३३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १५५.३७ किलोमिटर क्षेत्रमा तार बिछ्याइसकिएको छ । त्यसमध्ये १३७.८७ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाह भइसकेको इन्जिनियर सुवेदीले जानकारी दिए। भरतपुरका एक हजार २०० घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुर्‍याउने लक्ष्य रहेको छ । अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाएर तार भूमिगत गर्दा सहरी सौन्दर्य कायम हुनुका साथै दुर्घटनाको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ । सन् २०२२ जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले आयोजनाको निर्माण ठेक्का पाएको थियो । एसियाली विकास बैंकको करिब तीन अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा प्राधिकरणले पोखरा र भरतपुरमा वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो । रासस The post पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
क्लाउड सेवाको माग बढ्दै गएपछि गुगलले सार्वजनिक गर्‍यो नयाँ एआई चिपका संस्करण
TechnologyJust now

क्लाउड सेवाको माग बढ्दै गएपछि गुगलले सार्वजनिक गर्‍यो नयाँ एआई चिपका संस्करण

अल्फाबेटको स्वामित्वमा रहेको गुगलले सोमबार आफ्नै टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) का दुई नयाँ संस्करण सार्वजनिक गरेको छ। तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्तासम्बन्धी चिप बजारमा एनभिडियाको प्रभुत्वलाई चुनौती दिने प्रयासस्वरूप गुगलले यस्तो कदम चालेको हो। प्रारम्भिक कारोबारमा अल्फाबेटको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको थियो। अल्फाबेटका अनुसार, सन् २०२६ को सेप्टेम्बर त्रैमासिकको वित्तीय नतिजामा टीपीयू बिक्रीले उल्लेखनीय योगदान गरेको थियो। यस ...

टेक्नोलोजी खबर
सामसङले भारतमा १,६०० जनालाई इलेक्ट्रोनिक्स सर्भिसिङसम्बन्धी तालिम दिने
TechnologyJust now

सामसङले भारतमा १,६०० जनालाई इलेक्ट्रोनिक्स सर्भिसिङसम्बन्धी तालिम दिने

सामसङ इन्डियाले भारतको सूक्ष्म, साना तथा मझौला उद्यम मन्त्रालय (एमएसएमई) सँग इलेक्ट्रोनिक्स उपकरणहरूको मर्मतसम्भार र सर्भिसिङसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्न ३ वर्षे सम्झौता गरेको छ। यस कार्यक्रमअन्तर्गत पहिलो वर्ष १,६०० जनालाई तालिम दिइनेछ। उक्त तालिम देशभर रहेका १५ ओटा ‘एमएसएमई टेक्नोलोजी सेन्टर’ मार्फत प्रदान गरिनेछ। यो व्यावसायिक तालिम पहल सामसङको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम ‘दोस्त सर्भिस’ को विस्तार हो, जुन सन् २०१४ ...

टेक्नोलोजी खबर
रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर
TechnologyJust now

रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर

यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ । अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३०० भन्दा बढी रोबोटिक्स कम्पनी रहेको सिङ्गापुरमा अब रोबोटलाई विभिन्न क्षेत्रमा जनशक्तिको सहयोगीका रूपमा परिचालन गर्ने तयारी भइरहेको छ । सिङ्गापुरको दक्षिणी तटमा रहेको पर्यटकीय टापु सेन्टोसा स्वचालित सवारीसाधन परीक्षणको नयाँ केन्द्र बनेको छ ...

टेक्नोलोजी खबर
एनभिडियाका सीईओलाई मस्कको जागिर प्रस्ताव, भने- 'आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मान हुनेछ'
TechnologyJust now

एनभिडियाका सीईओलाई मस्कको जागिर प्रस्ताव, भने- 'आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मान हुनेछ'

काठमाडौं । अमेरिकी अर्बपति तथा प्रविधि उद्यमी इलन मस्कले विश्वकै चर्चित चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा काम गर्न प्रस्ताव गरेका छन् ।मस्कले सामाजिक सञ्जाल एक्समार्फत हुआङलाई आफ्नो कम्पनीमा आबद्ध हुन प्रस्ताव गरेका हुन् । हुआङजस्ता व्यक्तिलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने मस्कले बताएका छन् ।बीबीसीका अनुसार वित्तीय समाचार पोर्टल जिरोहेजले ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play