काठमाडाैँ । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । माछापुच्छ्रे बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन ट्रेल रनिङ संग सहकार्य गरेको हो । प्रतियोगिताले स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ । प्रतियोगिहरूले आफ्नो क्षमता र रुचि अनुसार ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर गरी चार विधामा सहभागी हुन सक्नेछन् । इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइट मार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन् । बढ्दो व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका बिच नियमित व्यायाम तथा खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले माछापुच्छ्रे« बैंकले यस प्रतियोगितामा सहकार्य गरेको जनाएको छ ।
पोखरामा माछापुच्छ्रे दौड २०२६ आयोजना हुँदै

Read Complete Original Article
Published originally on टक्सार






