Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेले सम्हाले पदभार

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेले सम्हाले पदभार
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । उहाँले बिहीबार नै नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावास पुगेर औपचारिक रूपमा पदभारसमेत ग्रहण गर्नुभएको छ । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभएको हो । समारोहमा राजदूत पाण्डेसँगै ग्रीसका राजदूत जर्जियोस पेटमेजाकिस र स्पेनका राजदूत अल्फ्रेडो मार्टिनेज सेरानोले पनि ओहोदाको प्रमाणपत्र बुझाउनुभएको थियो । भारतको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा डा. पाण्डेलाई नेपालका राजदूतका रूपमा उल्लेख गर्दै उहाँले राष्ट्रपति मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको जनाएको छ । ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै राजदूत पाण्डे नेपाली राजदूतावास पुग्नुभएको थियो । उहाँले दूतावासको कार्यालयमा औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो । उहाँ गत मंगलबार नयाँदिल्ली पुग्नुभएको थियो । दिल्ली पुगेको करिब ४८ घण्टाभित्रै उहाँले भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर १ गते मन्त्रिपरिषद्को सिफारिसमा डा. पाण्डेलाई भारतका लागि नेपालको राजदूत नियुक्त गर्नुभएको थियो । सोही दिन उहाँले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । राजदूत पाण्डेको नियुक्ति र पदभार ग्रहणसँगै नेपाल–भारतबीचको कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने, उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिने तथा द्विपक्षीय सहयोगका विविध क्षेत्रलाई अघि बढाउने जिम्मेवारी उहाँको काँधमा आएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बर २२ देखि हुने भनिएको भारत भ्रमणको तयारीका सन्दर्भमा पनि नयाँ राजदूतको जिम्मेवारी ग्रहणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, ऊर्जा, पूर्वाधार, पारवहन तथा जनस्तरमा बहुआयामिक सम्बन्ध रहेकाले ती क्षेत्रको सहकार्य र संवादलाई थप सुदृढ बनाउनु राजदूत पाण्डेका प्रमुख कार्यभार हुनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस एकढिक्का नभए राष्ट्रको अस्तित्वमा खतरा आउन सक्छ : शेखर कोइराला
Latest NewsJust now

कांग्रेस एकढिक्का नभए राष्ट्रको अस्तित्वमा खतरा आउन सक्छ : शेखर कोइराला

कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै कोइरालाले आफू सुरुदेखि नै बीचमा बसेर पार्टीलाई एकढिक्का बनाउन संवाद र सहमतिको प्रयासमा जुटिरहेको बताएका छन् । ...

कान्तिपुर
सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध २०८३’ कार्यक्रम सम्पन्न
Latest NewsJust now

सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध २०८३’ कार्यक्रम सम्पन्न

• सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा 'छठ सम्बन्ध २०८३' कार्यक्रम आयोजना गरी स्थानीय संस्कृति र नेतृत्व विकासमा ध्यान केन्द्रित गरेको छ। • कार्यक्रममा मधेश प्रदेशका शाखा प्रबन्धक र प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो र स्थानीय परम्पराको संरक्षण र प्रवर्द्धनमा छलफल गरिएको छ। • बैंकले विभिन्न आधुनिक बैंकिङ सेवाहरू र क्रेडिट कार्डका साथै २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै ...

नेपालबहस
सुदूरपश्चिमका बलरसामु चितवन दबाबमा, पावरप्लेमा तीन विकेट पतन
Latest NewsJust now

सुदूरपश्चिमका बलरसामु चितवन दबाबमा, पावरप्लेमा तीन विकेट पतन

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध कमजोर सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले ६ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ३२ रन बनाएको छ । चितवनले ५.३३ रनरेटमा रन बनाइरहेको छ । चितवनका लागि डेभिड मलान १४ रन बनाएर खेलिरहेका छन् भने विवेक यादवले खाता ...

केन्द्रबिन्दु
पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने
Latest NewsJust now

पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने

काठमाडौं । गैरआवासीय नेपाली संघले आगामी पुस २० गते (४ जनवरी २०२७) काठमाडौंमा पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना गर्ने भएको छ । ‘महिला सशक्तीकरणको आधार : रोजगारी, उद्यम र व्यापार’ भन्ने नारासहित नेपाल सरकारसँगको सहकार्यमा आयोजना हुने सम्मेलनमा विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा स्वदेशका महिला उद्यमी सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनमा महिला अधिकार, वैदेशिक रोजगारीमा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play