पोखरामा पर्यटकीय चहलपहल बढ्यो

गण्डकी । दसैँबिदाका कारण केही दिनयता पर्यटकीय राजधानी पोखरामा पर्यटकको आगमन बढेको छ । यतिबेला मुख्य पर्यटकीय याम पनि चलिरहेकाले पोखरामा पर्यटकको चहलपहल बढेको हो । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि पोखराका होटलको ‘अकुपेन्सी’ ७५ प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए । “दसैँको भोलिपल्टदेखि नै पोखरामा पर्यटकको चहलपहल सुरू भएको छ, लामो बिदा परेकाले पर्यटक आगमन बढेको हो”, उनले भने, “पोखरा र आसपासका गन्तव्यस्थल घुम्नका लागि अहिलेको मौसम पनि अनुकूल छ ।” अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने विदेशी पर्यटकले पनि केही दिन पोखरामा बिताउने हुँदा यस याममा विशेषगरी लेकसाइड क्षेत्रमा पर्यटकको आवतजावत बढी देखिन्छ । असोज र कात्तिकको समयलाई पदयात्राका लागि उपयुक्त मानिन्छ । पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए । उनले दसैँ बिदालगत्तै पदयात्रामा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताए । “पदयात्राका लागि यो याम उत्तम मानिन्छ, दसैँ बिदा पनि परेकाले यो बेला धेरैले घुमफिरको योजना बनाइरहेका हुन्छन्”, उनले भने । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थल पर्छन् । कास्कीसहित पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ । अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने अधिकांश पर्यटक पोखरा हुँदै जाने गरेका छन् । यो याममा पोखरालाई मात्र गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि उल्लेख हुने गर्छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



