काठमाडौं । शाओमीले पोखरामा पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्रालिले सञ्चालनमा ल्याएको हो । स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध हुने कम्पनीले जनाएको छ । स्मार्टफोन खरिदमा मात्र सीमित नभई ग्राहकलाई शाओमीका विभिन्न प्रविधि र उत्पादनको एकै ठाउँमा अनुभव दिलाउने उद्देश्यले स्टोर स्थापना गरिएको कम्पनीले जनाएको छ । नेपालमा शाओमीका होम अप्लायन्सेस तथा साना घरायसी विद्युतीय उपकरणको एकमात्र आधिकारिक बिक्रेता टेलिडाइरेक्ट प्रालिले उक्त स्टोरमार्फत् आफ्नो खुद्रा बजार विस्तार अघि बढाएको हो । कम्पनीले आगामी दिनमा एआइओटी उत्पादन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनरलगायत स्मार्ट होमसम्बन्धी सामग्री थप गर्दै उत्पादनको दायरा विस्तार गर्ने योजना बनाएको छ । टेलिडाइरेक्ट प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले शाओमीलाई स्मार्टफोनमा मात्र सीमित नराखी यसका सम्पूर्ण स्मार्ट प्रविधि र उत्पादन उपभोक्तामाझ पुर्याउने कम्पनीको लक्ष्य रहेको बताउनुभएको छ ।
पोखरामा पनि शाओमी स्टोर

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






