पोखरा–दुबई नियमित उडानको एक महिना, ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

कास्की, कात्तिक ७ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित उडान सुरु भएको एक महिनामा ६ हजार ३६२ यात्रुले सेवा लिएका छन् । विमानस्थलका अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्म फ्लाईदुबईको उडानमार्फत दुबईबाट पोखरा ४ हजार ५२१ र पोखराबाट दुबई १ हजार ८४१ यात्रुले यात्रा गरेका छन् । एक महिनाको तथ्यांकअनुसार दुबईबाट पोखरा आउने यात्रुको प्रतिउडान औसत संख्या करिब १५१ छ भने पोखराबाट दुबई जाने यात्रुको औसत संख्या करिब ६१ छ । दुवैतर्फ गरी प्रतिउडान औसत १०६ यात्रुले यात्रा गरेका छन् । पोखरा–दुबई हवाई सम्पर्कलाई निरन्तरता दिने प्रतिबद्धतासहित फ्लाईदुबईले सन् २०२७ अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यात्रुको यो संख्याले पोखराबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरताप्रति आशा जगाएको बताउनुभयो । नियमित उडानले पोखराको पर्यटन, आर्थिक गतिविधि र अन्तर्राष्ट्रिय आवागमनलाई थप सहज बनाउने उहाँको अपेक्षा छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
कास्की- पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि ...

बडादसैँको चौथो दिन : आज पनि मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
काठमाडौँ- बडादसैँ अन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ । विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा छुटेकाहरूले आज आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका ...

नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
काठमाडौं । नेपाल टेलिकम नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को अफिसियल टेलिकम पार्टनर बनेको छ। आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने एनपीएल सिजन–३ मा नेपाल टेलिकमले आधिकारिक टेलिकम पार्टनरका रूपमा सहकार्य गर्ने भएको हो। यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्य… ...
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् ९आइसिसी० र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल&… ...


