काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध सामान्य स्कोर बनाउँदै खराब ब्याटिङ प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र ९७ रन बनाउन सक्यो। पोखराका लागि चामिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए भने कप्तान कुशल भुर्तेलले १४ र माहेदी हसनले १३ रन जोडे। त्यस्तै, किरण ठगुन्नाले १२ रन बनाउँदा अन्य ब्याटरहरूले दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन्। अर्जुन कुमाल खाता नखोलिकन पहिलो ओभरमै आउट भएका थिए। लुम्बिनी लायन्सका लागि घातक बलिङ गर्दै रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, तिलक भण्डारीले २ विकेट हात पारे भने शेर मल्ल, अभिषेक गौतम र रोहित पौडेलले समान १-१ विकेट लिए।
पोखराको लज्जास्पद ब्याटिङ, लुम्बिनीले पायो झिनो लक्ष्य

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






