Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

10/20/2026, 3:12:57 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पेरिसमा जारी प्रदर्शनबारे आप्रवासनलाई दोष दिएका छन् । ट्रम्पले सोमबार पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका छन्। उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशको सीमा बन्द नगरेको भन्दै आलोचना समेत गरे । सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा भइरहेको प्रदर्शन र हिंसाको सम्बन्ध शिक्षा वा घरेलु नीतिका मुद्दासँग नभई आप्रवासनसँग रहेको बताए। सीमा नियन्त्रण कडा पार्न र आफूले अपराधी भनेर वर्णन गरेका व्यक्तिहरूलाई देशबाट निष्कासन गर्न असफल भए युरोपेली देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिए। ‘फ्रान्समा जे भइरहेको छ, त्यो अत्यन्त दुःखद अवस्था हो। किनभने त्यहाँ भइरहेको घटनाको सम्बन्ध आप्रवासनसँग छ, विद्यालयसँग होइन, अरू कुनै कुरासँग होइन। यो आप्रवासनकै विषय हो,’ ट्रम्पले भने। उनले थपे कि फ्रान्समा थप अशान्ति हुन नदिन आफूले यसअघि नै राष्ट्रपति म्याक्रोंलाई देशको सीमा बन्द गर्न सल्लाह दिएका थिए। ‘मैले राष्ट्रपति म्याक्रोंलाई आफ्नो सीमा बन्द गर्न भनेको थिएँ। पहिलो कार्यकालमा, वर्षौँअघि उहाँलाई पहिलो पटक भेट्दा नै यस्तो भनेको थिएँ। आफ्नो सीमा बन्द गर्नुहोस्, नत्र तपाईंले समस्याबाहेक केही पाउनुहुने छैन। अहिले उनीहरूले धेरै समस्या भोगिरहेका छन्। उनीहरूले आफ्नो देशलाई माया नगर्ने, त्यहाँका भवन र कलालाई माया नगर्ने मानिसहरूलाई देशभित्र प्रवेश गर्न दिएका छन्,’ ट्रम्पले भने। म्याक्रोंसँगको आफ्नो सम्बन्धबारे उल्लेख गर्दै ट्रम्पले फ्रान्सेली राष्ट्रपति आफ्नो मित्र भएको तर विश्वभरका मानिसहरूलाई फ्रान्स प्रवेश गर्न दिएर उनले गल्ती गरेको बताए। ‘इमानुएल मेरा मित्र हुन्। मैले उनलाई धेरै पहिले नै फ्रान्समा ठूलो गल्ती गरिरहनुभएको छ भनेको थिएँ। तपाईंले संसारभरका सबै मानिसलाई आउन दिइरहनुभएको छ। पूरै संसार नै आइरहेको छ,’ उनले भने। ‘र, तपाईंलाई थाहै छ, पेरिस चाँडै नै मुस्लिम सहर बन्नेछ। त्यो त सहमति भएको कुरा थिएन। त्यो हाम्रो सहमति थिएन। मैले इमानुएललाई आफ्नो सीमा बन्द गर्नुपर्छ भनेको थिएँ,’ ट्रम्पले थपे। युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले महादेशभरिका देशहरूले सीमा नियन्त्रण बलियो बनाउनुपर्ने र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई देशबाट हटाउनुपर्ने चेतावनी दिए। फ्रान्स, इटाली र अन्य युरोपेली देशहरूमा भइरहेको अशान्तिको उदाहरण दिँदै ट्रम्पले आप्रवासनप्रतिको आफ्नो आलोचना दोहोर्याए। फ्रान्समा निरन्तर अशान्ति भइरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। हिंसात्मक घटना र लुटपाटपछि फ्रान्सेली अधिकारीहरूले विभिन्न क्षेत्रमा रातिको समयमा आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेका छन्। बोर्दो सहरको केन्द्रमा सप्ताहन्तमा व्यापक लुटपाट र हिंसा भएपछि स्थानीय अधिकारीहरूले साथमा अभिभावक नभएका नाबालिगहरूका लागि एक सातासम्म रातिको कफ्र्यु लगाउने घोषणा गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

लिम्बुवानको इतिहास बोकेका निशान, पूर्वको दशैंमा मौलो काट्ने परम्परा
OthersJust now

लिम्बुवानको इतिहास बोकेका निशान, पूर्वको दशैंमा मौलो काट्ने परम्परा

३ कार्तिक, तेह्रथुम । दशैंको नवमी । गाउँघरमा दुर्गा भवानीको पूजा आराधना चलिरहेको हुन्छ । पूर्वी नेपालको लिम्बुवान क्षेत्रमा भने यही दिन पुस्तौँदेखि चल्दै आएको एउटा ऐतिहासिक परम्परा छ । पुराना हातहतियारसहितका निशान निकालिन्छन्, विधिपूर्वक पूजाआजा गरिन्छ र कतिपय स्थानमा निशान नचाउँदै मौलो काटिन्छ । धार्मिक आस्था र सांस्कृतिक अभ्याससँग जोडिएको यो परम्पराले लिम्बू समुदायको… ...

अनलाइन खबर
पुनर्जागरणको पर्खाइमा दशैं
OthersJust now

पुनर्जागरणको पर्खाइमा दशैं

हामी अहिंसालाई पनि मान्छौँ र हिंसालाई पनि स्वीकार्छौं। हामी बुद्धका करुणाका कुरा गर्छौं तर आफ्नै धर्म, संस्कृति र चाडपर्वमा पुस्तौँदेखि चलिआएका अभ्यासमाथि प्रश्न गर्न हिचकिचाउँछौँ। ...

अनलाइन खबर
टाइगरमाथि आक्रमणको योजना बनाएको दुई महिनापछि ऋतिकले खौरिए टाउको
OthersJust now

टाइगरमाथि आक्रमणको योजना बनाएको दुई महिनापछि ऋतिकले खौरिए टाउको

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको घटनामा पक्राउ परेका आरोपी ऋतिकले आफ्नो पहिचान लुकाउन टाउको खौरिएको खुलासा भएको छ । आक्रमणको योजना बनेको करिब दुई महिनापछि ऋतिकले आफ्नो रूप परिवर्तन गरेका थिए । पहिले लामो कपाल पालेका ऋतिकले पछि पूरै टाउको खौरिएको बताइएको छ । यसो गर्दा आफू बसेको क्षेत्रका मानिसहरूले सजिलै चिन्न नसक्ने… ...

अनलाइन खबर
ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष
OthersJust now

ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष

३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यागमन नीतिलाई जिम्मेवार ठहराएका छन्। ट्रम्प लामो समयदेखि अध्यागमनमा कडाइ गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। ट्रम्पले करिब ८ वर्षअघि नै आफूले म्याक्रोंलाई अन्य देशबाट आउने मानिसहरूलाई ठूलो सङ्ख्यामा फ्रान्समा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play