Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

Share:WhatsAppFacebookX (Twitter)Telegram
पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पेरिसमा जारी प्रदर्शनबारे आप्रवासनलाई दोष दिएका छन् । ट्रम्पले सोमबार पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका छन्। उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशको सीमा बन्द नगरेको भन्दै आलोचना समेत गरे । सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा भइरहेको प्रदर्शन र हिंसाको सम्बन्ध शिक्षा वा घरेलु नीतिका मुद्दासँग नभई आप्रवासनसँग रहेको बताए। सीमा नियन्त्रण कडा पार्न र आफूले अपराधी भनेर वर्णन गरेका व्यक्तिहरूलाई देशबाट निष्कासन गर्न असफल भए युरोपेली देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिए। ‘फ्रान्समा जे भइरहेको छ, त्यो अत्यन्त दुःखद अवस्था हो। किनभने त्यहाँ भइरहेको घटनाको सम्बन्ध आप्रवासनसँग छ, विद्यालयसँग होइन, अरू कुनै कुरासँग होइन। यो आप्रवासनकै विषय हो,’ ट्रम्पले भने। उनले थपे कि फ्रान्समा थप अशान्ति हुन नदिन आफूले यसअघि नै राष्ट्रपति म्याक्रोंलाई देशको सीमा बन्द गर्न सल्लाह दिएका थिए। ‘मैले राष्ट्रपति म्याक्रोंलाई आफ्नो सीमा बन्द गर्न भनेको थिएँ। पहिलो कार्यकालमा, वर्षौँअघि उहाँलाई पहिलो पटक भेट्दा नै यस्तो भनेको थिएँ। आफ्नो सीमा बन्द गर्नुहोस्, नत्र तपाईंले समस्याबाहेक केही पाउनुहुने छैन। अहिले उनीहरूले धेरै समस्या भोगिरहेका छन्। उनीहरूले आफ्नो देशलाई माया नगर्ने, त्यहाँका भवन र कलालाई माया नगर्ने मानिसहरूलाई देशभित्र प्रवेश गर्न दिएका छन्,’ ट्रम्पले भने। म्याक्रोंसँगको आफ्नो सम्बन्धबारे उल्लेख गर्दै ट्रम्पले फ्रान्सेली राष्ट्रपति आफ्नो मित्र भएको तर विश्वभरका मानिसहरूलाई फ्रान्स प्रवेश गर्न दिएर उनले गल्ती गरेको बताए। ‘इमानुएल मेरा मित्र हुन्। मैले उनलाई धेरै पहिले नै फ्रान्समा ठूलो गल्ती गरिरहनुभएको छ भनेको थिएँ। तपाईंले संसारभरका सबै मानिसलाई आउन दिइरहनुभएको छ। पूरै संसार नै आइरहेको छ,’ उनले भने। ‘र, तपाईंलाई थाहै छ, पेरिस चाँडै नै मुस्लिम सहर बन्नेछ। त्यो त सहमति भएको कुरा थिएन। त्यो हाम्रो सहमति थिएन। मैले इमानुएललाई आफ्नो सीमा बन्द गर्नुपर्छ भनेको थिएँ,’ ट्रम्पले थपे। युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले महादेशभरिका देशहरूले सीमा नियन्त्रण बलियो बनाउनुपर्ने र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई देशबाट हटाउनुपर्ने चेतावनी दिए। फ्रान्स, इटाली र अन्य युरोपेली देशहरूमा भइरहेको अशान्तिको उदाहरण दिँदै ट्रम्पले आप्रवासनप्रतिको आफ्नो आलोचना दोहोर्याए। फ्रान्समा निरन्तर अशान्ति भइरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। हिंसात्मक घटना र लुटपाटपछि फ्रान्सेली अधिकारीहरूले विभिन्न क्षेत्रमा रातिको समयमा आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेका छन्। बोर्दो सहरको केन्द्रमा सप्ताहन्तमा व्यापक लुटपाट र हिंसा भएपछि स्थानीय अधिकारीहरूले साथमा अभिभावक नभएका नाबालिगहरूका लागि एक सातासम्म रातिको कफ्र्यु लगाउने घोषणा गरेका छन्।(एएनआइ)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
ताजा खबरJust now

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गरेका छन्। ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताए। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल ...

नेपालन्युज
खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि हो: वरिष्ठ सेफ केसी
ताजा खबरJust now

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि हो: वरिष्ठ सेफ केसी

खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि खानुपर्दछ भनिन्छ। किनभने जिब्रोलाई मिठोमात्र लाग्ने खानाले स्वास्थ्यमा सधैँ राम्रै गर्छ भन्ने हुँदैन। मानिसमा प्रायः कुन खानाले आफ्नो शरीरलाई के कस्तो असर या राम्रो गर्छ भन्ने ज्ञान हुन्छ। तर पनि स्वादका लागि र जिब्रोका लागि खाने गरेका हुन्छन्। त्यसैले पछिल्लो समय मिठो भन्दा पनि स्वस्थ एवं सन्तुलित खानाको सूची बनाए... ...

नेपालखबर
दसैंजस्तो नहुने दसैं
ताजा खबरJust now

दसैंजस्तो नहुने दसैं

कामको अत्यधिक चाप हुने चाडबाडको समयमा पनि घरमा महिलालाई सघाउने हातहरू हुँदैनन् भने कस्तो परिवार र केको उल्लास! ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play