पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले आज बिहान ६:३० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा रहेको खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। बरामद लागुऔषधबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। The post पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

शङ्कास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते
धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका-०९ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शङ्कास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार दिउँसाे करिब साढे १ बजेको समयमा... ...

छ माया छपक्कै २ : हतारको पटकथा, फितलो द्वन्द्व
सबैभन्दा कमजोर त उही मुख्य चरित्र नै देखिन्छ । क्लाइमेक्सले दर्शकमा जुन तरंग ल्याउनुपर्ने हो, त्यो पड्काउनुअघि नै ओसिएको पटाकाजस्तो भइदिन्छ । ...

एम्बुलेन्सबाट ५ क्विन्टलभन्दा बढी गाँजा बरामद
सुनसरी – दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ५ क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । इलाका प्रहरी […] ...

जोडियो बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज
• बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ। • बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको छ। • आजदेखि दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ भने भोलिदेखि चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गरिनेछ। ...


