Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द
Photo / Coverage: नेपालन्युज

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने भएको छ। सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो। नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गरिएको हो। उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिए। सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ। यसअघि सोमबार दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति
Latest NewsJust now

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन... ...

रातोपाटी
बिदाइ हुँदै प्रदेश प्रमुख खापुङ
Latest NewsJust now

बिदाइ हुँदै प्रदेश प्रमुख खापुङ

विराटनगर समाचारदाता विराटनगर, कात्तिक १७ गते । कोशी प्रदेशका प्रदेश प्रमुखको पाँचबर्से अवधि यही कात्तिक २४ गते पूरा हुँदै छ । सङ्घमा बारम्बार सरकार परिवर्तन हुँदा प्रदेशका सरकारदेख... ...

गोरखापत्र
अमेरिकामा आज मध्यावधि निर्वाचन, हाउसतर्फ ४३५ र सिनेटतर्फ ३५ सीटका लागि कडा प्रतिस्पर्धा हुने
Latest NewsJust now

अमेरिकामा आज मध्यावधि निर्वाचन, हाउसतर्फ ४३५ र सिनेटतर्फ ३५ सीटका लागि कडा प्रतिस्पर्धा हुने

• अमेरिकामा आज मध्यावधि चुनावका लागि मतदान हुँदै छ, जसमा हाउसका ४३५ र सिनेटका ३५ सीटका लागि प्रतिस्पर्धा भइरहेको छ। • राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी दुवै सदनमा बहुमतमा छ, तर कुनै एक सदनमा बहुमत गुमाएमा नीति पारित गर्न कठिनाइ हुनेछ। • हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमतका लागि २१८ सीट आवश्यक छन्, र यसपटक सबै ४३५ सीटमा निर्वाचन हुँदै छ। ...

नेपालबहस
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा ज्यान गुमाउने र घाइते हुनेको पहिचान खुल्यो
Latest NewsJust now

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा ज्यान गुमाउने र घाइते हुनेको पहिचान खुल्यो

काठमाडौं । सोलुखुम्बुमा दुई हेलिकोप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति र घाइतेको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् । दुर्घटनामा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल घाइते भएका छन् । प्रहरी निरीक्षक तामाङले घाइते पटेलको पहिचान खुलेको जानकारी दिएका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play