पृथ्वी राजमार्गमा सवारी चाप घट्यो, धुलो र खाल्डाखुल्डीले यात्रामा सास्ती

काठमाडौं । बडादसैँमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको आउजाउ निरन्तर रहे पनि पृथ्वी राजमार्गमा विगतका वर्षहरूको तुलनामा सवारीसाधनको चाप घटेको छ । दसैँका कारण सडक किनारका साना खानपिनका पसल तथा होटलहरू प्रायः बन्द छन् । यद्यपि, मलेखु क्षेत्रका माछा होटल र बेनिघाट क्षेत्रका स्टाफ होटलमा घर फर्किंदै गरेका तथा यात्रामा रहेका सर्वसाधारणको चहलपहल देखिन्छ । राजमार्गमा ठूला मालवाहक सवारीसाधनको उपस्थिति न्यून छ । त्यसको तुलनामा यात्रुवाहक हायस, निजी सवारीसाधन, पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडी तथा समूह बनाएर यात्रा गरिरहेका मोटरसाइकल र स्कुटर बढी देखिन्छन् । पृथ्वी राजमार्गका विभिन्न खण्डमा भने यात्रा जोखिमपूर्ण छ । कतिपय ठाउँमा धुलो उड्ने समस्या छ भने कतै हिलो र खाल्डाखुल्डीका कारण सडक यात्रा कष्टकर बनेको छ । विशेषगरी मोटरसाइकल तथा स्कुटर चालकलाई सडकको अवस्थाले सास्ती दिएको छ । धुलो, हिलो र खाल्डाखुल्डीका कारण दुईपाङ्ग्रे सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिमसमेत छ । तस्बिर : शंकर श्रेष्ठ
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
काठमाडौं- बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा आइतबार साँझ अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्। बीबीसी न्युज मराठीका अनुसार मुम्बईको विले पार्ले पश्चिमस्थित जुहू थाना क्षेत्रभित्र गोली प्रहारको घटना भएको हो । मुम्बईको पश्चिम क्षेत्रका पुलिस डीसीपी मोहित गर्गले टाइगर श्राफसँग जोडिएको यो गोली प्रहारको घटनाको पुष्टि गरेका छन्। डीसीपी मोहित गर्गका अनुसार टाइगर श्राफ सुरक्षित छन् । उनलाई गोली लागेको छैन ...

फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी पक्राउ
पेरिस। फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताएका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उनको भनाइ छ । पेरिस, मार्से, लियोन, बोर्डो ...

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
टोकियो। मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट चट्टान र धुलोका नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने उद्देश्यसहित जापानले ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी गरेको छ। जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) ले मङ्गल ग्रहका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लगाउने लक्ष्यसहित ‘मार्स मुन एक्सप्लोरेसन’ (एमएमएक्स) अभियान अघि बढाएको हो। जाक्साका अनुसार एमएमएक्स अन्तरिक्षयान बोकेको एच–३ रकेट तानेगासिमा अन्तरिक्ष केन्द्रबाट मङ्गलबार बिहान ...

अमेरिकालाई इरानका नयाँ रक्षामन्त्रीको चेतावनी- पुन: आक्रमण गरिए ठुलो क्षति बेहोर्नुपर्नेछ
इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले पुनः आक्रमण सुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगी देशले ठुलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्। इरानको संसद्‌बाट विश्वासको मत प्राप्त गरेपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अखलाघीले अमेरिकाले इरानमा पुनः आक्रमण गर्ने सम्भावना न्यून रहेको बताए। तर त्यस्तो कदम चालिए ... ...


