Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पूर्वाधार र निर्माण बीमामा कडाइ गर्दै बीमा प्राधिकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वाधार र निर्माण बीमामा कडाइ गर्दै बीमा प्राधिकरण
Photo / Coverage: टक्सार

काठमाडाैँ । निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित इञ्जिनियरिङ्ग बीमालाई थप व्यवस्थित, पारदर्शी र एकरूप बनाउने उद्देश्यले नेपाल बीमा प्राधिकरणले नयाँ निर्देशनको मस्यौदा तयार पारेको छ। प्राधिकरणले ‘इञ्जिनियरिङ्ग बीमा सम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग राय तथा सुझाव मागेकाे छ । प्राधिकरणको बीमालेख शाखाले सराेकारवालाहरूलाइ कात्तिक १७ गते सूचना जारी गरी मस्यौदामाथि सात दिनभित्र सुझाव पठाउन आग्रह गरेको छ। प्रस्तावित निर्देशनमा इञ्जिनियरिङ्ग बीमाअन्तर्गत प्रचलनमा रहेका ६ प्रकारका मुख्य बीमालेखलाई समेटिएको छ। जसमा कन्ट्र्याक्टर्स अल रिस्क (CAR), इरेक्सन अल रिस्क (EAR), कन्ट्र्याक्टर्स प्लान्ट एण्ड मेसिनरी (CPM), मेसिनरी इन्स्योरेन्स (MIP), इलेक्ट्रोनिक इक्विपमेन्ट इन्स्योरेन्स (EEI) तथा बोइलर एण्ड प्रेसर भेसल इन्स्योरेन्स (BPVI) रहेका छन्। यी बीमालेखको कार्यान्वयनमा एकरूपता कायम गर्नुका साथै बीमितको हित संरक्षण गर्ने गरी विभिन्न व्यवस्था प्रस्ताव गरिएको छ। निश्चित रकमभन्दा माथिको बीमामा स्थलगत निरीक्षण अनिवार्य मस्यौदाले बीमा कम्पनीका लागि जोखिम मूल्याङ्कन प्रक्रियालाई थप व्यवस्थित बनाउन स्थलगत निरीक्षण अनिवार्य गर्ने प्रस्ताव गरेको छ। जसअनुसार कन्ट्र्याक्टर्स अल रिस्क (CAR) र इरेक्सन अल रिस्क (EAR) अन्तर्गतका परियोजनामा एक करोड रुपैयाँभन्दा बढी बीमाङ्क भएमा बीमकले अनिवार्य रूपमा स्थलगत निरीक्षण गर्नुपर्नेछ। त्यस्तै, वार्षिक नवीकरण हुने CPM, MIP, EEI र BPVI बीमालेखमा १० लाख रुपैयाँभन्दा बढी बीमाङ्क भएमा पनि स्थलगत निरीक्षण गरी जोखिम मूल्याङ्कन प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था मस्यौदामा छ। न्यूनतम बीमाशुल्कभन्दा कममा बीमालेख जारी गर्न नपाइने प्रस्तावित निर्देशनले बीमा कम्पनीले प्राधिकरणले निर्धारण गरेको न्यूनतम बीमाशुल्क दरभन्दा कममा बीमालेख जारी गर्न नपाउने व्यवस्था गरेको छ। सामान्य अवस्थामा पूरा बीमाशुल्क प्राप्त नगरी बीमालेख जारी गर्न नपाइने भए पनि एक वर्षभन्दा बढी अवधि भएका परियोजनाका ठेक्कामा किस्ताबन्दीमा बीमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। यस्ता परियोजनामा बीमालेख जारी भएको ६० दिनभित्र कुल बीमाशुल्कको कम्तीमा एक तिहाइ रकम भुक्तानी गर्नुपर्नेछ। बाँकी रकम भने एक वर्षभित्र चुक्ता गरिसक्नुपर्नेछ। पूर्ण क्षतिमा ५० प्रतिशतसम्म ह्रासकट्टी दाबी भुक्तानीलाई पारदर्शी र व्यवस्थित बनाउन मस्यौदामा ह्रासकट्टी तथा अधिक सम्बन्धी स्पष्ट मापदण्ड प्रस्ताव गरिएको छ। बीमित सम्पत्तिमा पूर्ण क्षति (Total Loss) भएमा सम्पत्तिको उमेरका आधारमा शून्यदेखि ५० प्रतिशतसम्म ह्रासकट्टी लागू हुनेछ। ६ महिनाभन्दा कम उमेरको सम्पत्तिमा ह्रासकट्टी नलाग्ने व्यवस्था गरिएको छ भने १० वर्ष वा सोभन्दा बढी पुरानो सम्पत्तिमा ५० प्रतिशत ह्रासकट्टी लागू हुनेछ। त्यस्तै, दाबी भुक्तानीयोग्य रकमको अधिकतम १० प्रतिशतमा नबढ्ने गरी बीमक र बीमितबीच आपसी समझदारीमा अधिक रकम निर्धारण गर्नुपर्ने प्रस्ताव गरिएको छ। दाबी नपरेको अवस्थामा बीमालेख रद्द गर्न सकिने मस्यौदामा बीमा अवधि समाप्त हुनुअघि बीमालेख खारेज गर्न सकिने व्यवस्था राखिएकाे छ । कुल बीमा अवधिको २५ प्रतिशतभन्दा बढी समय बाँकी रहेको र कुनै दाबी नपरेको अवस्थामा परियोजना मालिक तथा बीमितको संयुक्त लिखित अनुरोधमा बीमालेख खारेज गर्न सकिने व्यवस्था गरिएकाे छ । यसैगरी, निर्माण कार्य सम्पन्न भई आयोजना हस्तान्तरण भएपछि लागू हुने त्रुटि सच्याउने अवधि भित्र उत्पन्न हुने जोखिमलाई समेत बीमालेखले समेट्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावित निर्देशन स्वीकृत भई कार्यान्वयनमा आएपछि इञ्जिनियरिङ्ग बीमासम्बन्धी यसअघि प्राधिकरणबाट जारी भएका पुराना निर्देशन, निर्देशिका तथा परिपत्रहरू खारेज हुने भएका छन् । नयाँ व्यवस्थाले इञ्जिनियरिङ्ग बीमाको जोखिम मूल्याङ्कन, बीमाशुल्क निर्धारण, दाबी भुक्तानी तथा बीमालेखको कार्यान्वयनमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ। मस्यौदासम्बन्धी थप जानकारी आवश्यक परेमा प्राधिकरणका सहायक निर्देशकद्वय सुदिप गिरी र लोकप्रसाद काफ्लेसँग सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
निजामती प्रशासनको विनिर्माण
Latest NewsJust now

निजामती प्रशासनको विनिर्माण

बहुचर्चित र बहुप्रतीक्षित निजामती सेवा विधेयक अनेकौँ घुम्ती पार गर्दै अन्ततः सङ्‍घीय संसद्मा पुगेको छ । सरकारको नीति, निर्णय र कार्यक्रम सञ्चालनको मुख्य कार्यभार बोकेको निजामती सेव... ...

गोरखापत्र
काठमाडौंमा चिसो बढ्दो, न्यूनतम तापक्रम ७.४ डिग्रीमा झर्‍यो
Latest NewsJust now

काठमाडौंमा चिसो बढ्दो, न्यूनतम तापक्रम ७.४ डिग्रीमा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्ने क्रम जारी छ । पछिल्लो एक सातादेखि निरन्तर घटिरहेको न्यूनतम तापक्रम बुधबार बिहान ७.४ डिग्री सेल्सियसमा झरेको छ । मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस थियो । मंसिर २ गते ९.५ डिग्री रहेको तापक्रम त्यसयता क्रमशः घट्दै बुधबार ७.४ डिग्रीमा पुगेको हो । मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसो अवस्था जनाउँछ । अहिले देशका ...

केन्द्रबिन्दु
रेमिट्यान्सको चमकभित्र लुकेको नेपालको आर्थिक परनिर्भरता
Latest NewsJust now

रेमिट्यान्सको चमकभित्र लुकेको नेपालको आर्थिक परनिर्भरता

नेपाल र पश्चिम एसियाली देशहरूबीचको सम्बन्ध केवल श्रम आपूर्ति र वैदेशिक मुद्रा आर्जनको परम्परागत दायरामा मात्र सीमित छैन, यो दक्षिण एसिया र खाडी क्षेत्रबीचको भूराजनीतिक, आर्थिक तथा सामाजिक अन्तरसम्बन्धको अत्यन्त संवेदनशील सेतु हो। विगत पाँच दशकदेखि विशेषगरी खाडी सहयोग परिषद् अन्तर्गतका राष्ट्रहरू नेपाली श्रम बजारका प्रमुख गन्तव्य रहँदै आएका छन्।  यस सम्बन्धले एकातिर नेपालको गरिबी न्यूनीकरण, विदेशी मुद्रा सञ्चिति र बाह्य ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement