Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी र समुदायकेन्द्रित बनाउनुपर्छ: परराष्ट्रमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी र समुदायकेन्द्रित बनाउनुपर्छ: परराष्ट्रमन्त्री खनाल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी, विश्वसनीय र समुदायकेन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) का अवसरमा आयोजित ‘अर्ली वार्निङ्स फर अल: डेलिभरिङ अन आवर प्रमिस टु प्रोटेक्ट एभ्रिवन’ (सबैका लागि पूर्वसूचना: सबैको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता पूरा गर्दै) विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमाली समुदायका लागि पूर्वसूचना प्रणाली जीवन र जोखिमबीचको महत्त्वपूर्ण सुरक्षा कवच भएको बताए । हालै नेपालमा भइरहेका जलवायुजन्य विपद्को अनुभव सुनाउँदै मन्त्री खनालले भने, `विपद् सुरु भएको प्रारम्भिक समयमा हाम्रो पूर्वसूचना प्रणालीले लाखौं एसएमएस सन्देश पठाएको थियो र तल्लो तटीय क्षेत्रका समुदायले स्थानीय स्तरमा जारी गरिएका चेतावनीसमेत प्राप्त गरेका थिए। तर, त्यो पर्याप्त हुन सकेन।´ परराष्ट्रमन्त्री खनालले जटिल भौगोलिक बनावट भएका हिमाली क्षेत्रमा उच्च उचाइका मौसम तथा जलवायु अवलोकन प्रणालीमा रहेका रिक्तता पूरा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। यसका लागि वास्तविक समयको तथ्याङ्क सङ्कलन तथा प्रसारण गर्ने प्रविधि, भू-उपग्रहमा आधारितमा प्रणाली र क्रायोस्फियर (पानी जमेर बनेका हिउँका टुक्राहरू) को अनुगमनलाई विस्तार गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री खनालले पूर्वसूचना प्रणालीको प्रभावकारिता सुनिश्चित गर्न जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्‍याउने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । स्थानीय भाषा र सहज माध्यमबाट चेतावनी सम्प्रेषण गर्नुका साथै सम्भावित विपद् आउनुअघि नै आवश्यक तयारी तथा प्रतिकार्यका काम अघि बढाउनुपर्नेमा उनले जोड दिए । त्यसैगरी, परराष्ट्रमन्त्री खनालले नेपालको ‘सगरमाथादेखि समुद्रसम्म’ (सगरमाथा टु सी) को अवधारणाको मर्मअनुरूप सीमापार तथ्याङ्क आदान-प्रदान र क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताए ।मन्त्री खनालले सबै समुदायको सुरक्षा सुनिश्चित गर्न पूर्वानुमानयोग्य, सहज पहुँचयोग्य तथा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्का श्रृङ्खलाबद्ध प्रभावहरू सामना गर्न विश्वव्यापी ऐक्यबद्धता, सहकार्य र सामूहिक प्रयासलाई थप विस्तार गर्नुपर्नेमा समेत उनले जोड दिए । The post पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी र समुदायकेन्द्रित बनाउनुपर्छ: परराष्ट्रमन्त्री खनाल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहेँलपुर तोरीबारी
Latest NewsJust now

पहेँलपुर तोरीबारी

काभ्रेपलान्चोकको पनौती नगरपालिका–९ स्थित सुनथानमा फुलेर पहेँलपुर बनेको तोरीबारी। ...

हाम्राकुरा
साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी
Latest NewsJust now

साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी

बागलुङ । बसाइँसराइले गाउँ सुनसानप्रायः छ । वरपरका टोल र छिमेकी पनि गाउँ छाडेर सहर झर्न थालेका छन् । तर, बागलुङको जैमिनी नगरपालिका–२, दमेकका मातृकाप्रसाद शर्मा भने गाउँमै अडिएका छन् । साउदी... ...

रातोपाटी
खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद
Latest NewsJust now

खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सिरहा । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीचमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play