पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई एसिया लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई न्यायिक स्वतन्त्रता, मानवअधिकारको संरक्षण र न्यायमा पहुँच विस्तारमा पुर्याएको योगदानका लागि सन् २०२६ को एसिया कर्पोरेट एक्सिलेन्स एन्ड सस्टेनेबिलिटी अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। मलेसियाको क्वालालम्पुरमा आयोजित कार्यक्रममा श्रेष्ठलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिएको हो। यसअघि चीन र भारतका पूर्वप्रधानन्यायाधीशले पनि यो अवार्ड प्राप्त गरेका थिए। सर्वोच्च अदालतका २४औँ प्रधानन्यायाधीशका रूपमा काम गरेका श्रेष्ठले संवैधानिक सर्वोच्चता, कानुनी शासन, न्यायिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएका छन। उनको न्यायिक योगदानमा मौलिक हकको संरक्षण, सीमान्तकृत समुदायको अधिकार, वातावरणीय न्याय र संक्रमणकालीन न्यायसँग सम्बन्धित लगायतको विषय समेत मूल्यांकन गरिएको आयोजकको भनाई छ। श्रेष्ठले न्यायालय सुधार, मुद्दा व्यवस्थापन, न्यायमा नागरिकको पहुँच विस्तार र न्यायिक प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने विषयमा समेत जोड दिँदै आएका छन्। अवकाशपछि पनि उनी संवैधानिक बहस, कानुनी अध्ययन र सुशासनसम्बन्धी गतिविधिमा सक्रिय छन्। उनी संविधान निगरानी समूहका अध्यक्षसमेत हुन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/lakpa-s-20102026072946-watermarked.jpg)
[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’
पासाङ ल्हामु शेर्पाबाट प्रेरित ल्हाक्पा शेर्पा सगरमाथा चढ्ने दोस्रो नेपाली महिला बनिन् । उनले आफ्नै कीर्तिमान तोड्दै ११ पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । ...

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो
परदेशी भूमिमा गमिरहेछु- पहिले सामान्य लाग्ने पारिवारिक भेटघाट, आमाको हातले पकाएको खाना, बुबासँग बसेर गरिने कुराकानी र घरआँगनमा सुनिने हाँसोको मूल्य टाढा पुगेपछि मात्र गहिरोसँग महसुस हुँदो रहेछ। ...

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न... ...

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...


