Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

पुल नहुँदा तुइनको भर, जोखिमपूर्ण यात्रामा रसुवावासी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुल नहुँदा तुइनको भर, जोखिमपूर्ण यात्रामा रसुवावासी
Photo / Coverage: पर्दाफास

भोटेकोशी नदीमा आएको बाढीले भौतिक संरचनासहित पुलहरू बगाएपछि रसुवाका स्थानीय बासिन्दा अहिले पनि सहज आवतजावतको पर्खाइमा छन् । गत भदौ १० गते आएको बाढीले गाउँ जोड्ने बाटो र पुलहरूमा क्षति पुर्याएपछि स्थानीयवासी तुइनको सहारामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिउँदमा जसोतसो तुइन तरेर वारपार गरिरहेका उनीहरूलाई वर्षायाममा कसरी आवतजावत गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । पुल नहुँदा नदी वारपार गर्न तुइन चढ्नुपर्ने बाध्यता छ । तुइनमा झुन्डिएर नदी पार गर्दा हरेक पटक स्थानीयको मन ढुकढुक हुन्छ । एकातिर नदीको बहाव र अर्कोतिर चुँडिने हो कि भन्ने डरबीच उनीहरू दैनिक जीवनका लागि जोखिम मोलिरहेका छन् । बाढीले भौतिक संरचनामा क्षति पुर्याउनुका साथै स्थानीयको जीवनसमेत तहसनहस बनाएको छ । स्थानीय नान्सी तामाङले बाढीमा आफ्नो ठूलो छोरा गुमाए । बाढीका कारण गाउँ नै विस्थापित भएपछि आवतजावतका लागि बाटोसमेत नहुँदा उनले भोग्नुपरेको सास्ती झनै पीडादायी छ । तीन दिनअघि गाउँ फर्किँदा पहिलेको तुलनामा गाउँ झन् सुनसान र दुःखद अवस्थामा देखेको उनी बताउँछिन् । कुनै समय दुईदेखि तीन सय जनासम्मको बसोबास रहेको गाउँमा अहिले मुस्किलले ५०–६० जना मात्रै भेटिने गरेको उनको भनाइ छ । बाढीले धेरै परिवारलाई आफन्तविहीन बनाएको छ भने कतिपयलाई गाउँ छाड्न बाध्य बनाएका छन् । काठमाडौँबाट ईभी चढेर दिउँसो साढे ४ बजे धुन्चे पुगेका तामाङले राति करिब साढे ८ बजेसम्म पनि तुइन तर्न नसकेको अनुभव सुनाए टर्चको उज्यालोमा एक्लै कुरेर बस्नुपरेको र पछि पारिबाट आएका व्यक्तिको सहयोगमा मात्रै नदी पार गर्न सकेको उनले बताए । फर्किने क्रममा तुइन चढ्दा डरले आँखा चिम्लिएर नदी पार गरेको उनको अनुभव छ । बाढीले पुर्याएको क्षति र विस्थापनको पीडामाथि पुल नहुँदाको सास्ती थपिएको छ । स्थानीयवासीका अनुसार तत्काल आवतजावत सहज बनाउने व्यवस्था नहुँदा दैनिक जीवनयापनदेखि बिरामीलाई अस्पताल लैजान र अत्यावश्यक कामका लागि समेत समस्या भइरहेको छ । स्थानीयले स्थानीय सरकार, प्रदेश सरकार, वडा अध्यक्ष तथा विभिन्न सहयोगी निकायलाई तत्काल सुरक्षित पुल निर्माण वा अस्थायी वारपारको व्यवस्था गरिदिन आग्रह गरेका छन । हिउँदमा तुइनको सहारामा जसोतसो दिन काटिरहेका उनीहरूलाई वर्षायाम सुरु हुनुअघि नै सुरक्षित विकल्प उपलब्ध गराउनुपर्ने माग छ । भोटेकोशीको बाढीले भत्काएका संरचना अझै पुनर्निर्माणको पर्खाइमा छन् । पुल नहुँदा तुइनमा झुन्डिएर नदी पार गर्नुपर्ने रसुवावासीको बाध्यता कहिले हट्ने हो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान
OthersJust now

उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान

अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानका लागि तयारी अवस्थामा रहेका अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा एकआपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको अधिकारीहरूले बताएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार नोभेम्बर २७ मा स्थानीय समयअनुसार साँझ ५ बजेपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ ले फ्लाइट २१५२ को ...

पर्दाफास
इंग्लिस प्रिमियर लिगमा चेल्सीको लगातार तेस्रो हार
OthersJust now

इंग्लिस प्रिमियर लिगमा चेल्सीको लगातार तेस्रो हार

१२ मंसिर, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार राति भएको खेलमा चेल्सी नटिङहम फरेस्टसँग ३–२ गोलले पराजित भएको हो। फरेस्टको घरेलु मैदानमा इगोर जेससले पाँचौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको छैटौं मिनेटमा मोर्गन गिब्स–ह्वाइटले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। ५४औं मिनेटमा इमानुएल इमेघाले गोल गर्दै… ...

अनलाइन खबर
संविधानले दियो निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन
OthersJust now

संविधानले दियो निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन

२२४ आधारभूत सेवा लक्षित पहुँचमा पुर्‍याउन वार्षिक ६५ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने तर हाल २२ अर्ब ४० करोड मात्रै खर्च भइरहेको देखाउँदै स्वास्थ्य मन्त्रालयको अध्ययनले बजेट सीमितताका कारण आधारभूत सेवालाई तीन प्राथमिकता समूहमा बाँडेर चरणबद्ध लागु गर्न सिफारिस गरेको छ। ...

अनलाइन खबर
प्यालेस्टाइनको कथा : युरोपमा कोरिएको पेन्सिलको धर्को कसरी बन्यो रक्तरञ्जित सिमाना?
OthersJust now

प्यालेस्टाइनको कथा : युरोपमा कोरिएको पेन्सिलको धर्को कसरी बन्यो रक्तरञ्जित सिमाना?

सन् १९४७ को फेब्रुअरीमा बेलायतले हात टक्टक्याउँदै घोषणा गर्‍यो– ‘हामी प्यालेस्टाइनको म्यान्डेट त्याग्दै छौँ। अब यसको फैसला नवगठित संयुक्त राष्ट्रसंघले गरोस्।’ ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement