पीएचपीमा गम्भीर सुरक्षा जोखिम, नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो । केन्द्रका अनुसार पीएचपी प्रविधिमा ‘PHP@Shell ’ (सिभिइ–२०२६–१०९६१८ र सिभिइ–२०२६–१०९६१९) नामक उच्च स्तरको सुरक्षा कमजोरी (सिभिएसएस ९.२) फेला परेको छ । यस जोखिमका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका छन् । यो कमजोरीको फाइदा उठाउँदै ह्याकर वा आक्रमणकारीले बिना लगइन नै सिधै सर्भरमा कोड चलाउन र प्रणाली नियन्त्रणमा लिन सक्ने खतरा रहन्छ । बडादशैंको बिदाको समयमा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र र सम्बद्ध प्राविधिक टोलीहरू जोखिम नियन्त्रण तथा प्रणाली अद्यावधिक गर्न निरन्तर खटिरहेको केन्द्रले जानकारी दिएको छ । प्रभावित प्रणालीहरूमा आवश्यक सुरक्षा प्याच राख्ने र प्राविधिक परीक्षण गर्ने काम भइरहेको छ । परीक्षण सम्पन्न भई पूर्ण रूपमा सुरक्षित भएसँगै बन्द रहेका सरकारी वेबसाइट तथा सेवाहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले स्पष्ट पारेको छ । अचानक सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति केन्द्रले क्षमासमेत मागेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

७२ प्रतिशत युट्युब क्रिएटरले प्रयोग गर्छन् जेनेरेटिभ एआई
प्रतिवेदनले एआई टुलको प्रयोग साधारण भिडियो सम्पादनमा मात्र सीमित नरहेर नयाँ रचनात्मक संसार निर्माण गर्नसमेत भइरहेको देखाएको छ। ...

असनमा कुभिन्डो का*टेर मनाइयो खड्ग जात्रा
५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा आसपासका क्षेत्रमा तुलाधर समुदायले परम्परागत खड्ग जात्रा मनाएका छन्। काठमाडौं महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा विधिपूर्वक पूजा गरेपछि समुदायका सदस्यले कुभिन्डोमा बनाइएको दैत्यको चित्र काटेका थिए। त्यसपछि आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिँदै बाजागाजासहित खड्ग जात्रालाई टोल परिक्रमा गराइएको थियो।… ...

बन्द भएका सरकारी वेबसाइट चलाउन सरकार के गरिरहेछ ?
५ कात्तिक, काठमाडौं । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको यस केन्द्रले सम्भावित साइबर क्षति हुन नदिन सावधानीस्वरूप यस्तो कदम चालिएको स्पष्ट पारेको छ। केन्द्रले बिहीबार जारी गरेको जरुरी सुरक्षा सूचनाअनुसार… ...

होप : अनौठो कथा, वीभत्स दृश्य र उत्कृष्ट एक्सन
एउटा रहस्यमय जीवले कोरियाली सहरमा आक्रमण गरेपछि प्रहरी प्रमुख, उनका सहायक र एक सिकारी स्थानीय बासिन्दाको सुरक्षा गर्न संघर्ष गर्छन् । तर, उनीहरूले उक्त खतराको सम्बन्ध पृथ्वीबाहिरको द्वन्द्वसँग रहेको थाहा पाएपछि उनीहरूको संघर्षले अप्रत्याशित मोड लिन्छ । ‘होप’ एउटा यस्तो कोरियाली फिल्म हो, जसको सुरुवात मरेको साँढेबाट हुन्छ र केही समयमै कोरियाको एउटा सानो सहर… ...


