Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

पाल्पाका उद्यमी सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाल्पाका उद्यमी सम्मानित
Photo / Coverage: नेपालन्युज

पाल्पा। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका पाल्पाका दुई उद्यमी सम्मानित भएका छन् । १२औँ उद्योग दिवसका अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाका सफल उद्यमीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । जिल्लामा उद्यमशीलता, उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्याएका तानसेन नगरपालिका–४ का पौड्याल ढाका उद्योगका सञ्चालक मनोजराज शर्मा पौड्याल र रामपुर नगरपालिका–६ स्थित कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रका सञ्चालक कृष्णकुमार अर्याललाई उत्कृष्ट उद्यमीका रूपमा सम्मानित गरिएको हो । घरेलु कार्यालयका वरिष्ठ उद्योग अधिकृत सुनारका अनुसार, उनीहरुलाई जनही ३५ हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको हो । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यद्वय वीरबहादुर राना र खेमबहादुर सारु तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका वरिष्ठ उद्योग अधिकृत केशवबहादुर सुनारले उनीहरूलाई सम्मान गरेका हुन् । रामपुरका अर्यालले दुई दशकदेखि गाईभैँसीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका छन् । पशुपालनलाई आयआर्जन र रोजगारीको माध्यम बनाएका उनले अहिले आफ्नो फार्ममा उन्नत जातका ५० वटा गाईभैँसी पालेका छन् । उनको फार्ममा चार जनाले नियमित रोजगारी पाएका छन् । कामको चापअनुसार थप १० देखि २० जनासम्मले रोजगारी पाएका छन् । पशुपालनबाटै परिवारको आर्थिक अवस्था सुधार गर्न सफल अर्यालले यही व्यवसायको आम्दानीबाट छोरालाई एमबीबीएस चिकित्सक र छोरीलाई बीएन नर्सिङ अध्ययन गराउन सकेको बताए । व्यवसायबाट आर्थिक आत्मनिर्भरता मात्र नभई सामाजिक प्रतिष्ठा प्राप्त भएको उनको भनाइ छ । यता, पाल्पाको मौलिक पहिचानसँग जोडिएको ढाका उद्योगको संरक्षण र प्रवद्र्धनमा पौड्यालको योगदान छ । उनले विगत ४० वर्षदेखि तानसेनमा पौड्याल ढाका उद्योग सञ्चालन गर्दै आएका छन् । उनको उद्योगमा ४० जनाले नियमित रोजगारी पाएका छन् । त्यसमा अधिकांश महिला छन् । ढाका कपडामा प्रयोग हुने बुट्टा र नयाँ डिजाइन आफैँ तयार गर्दै आएका पौड्यालले स्थानीय सीप र कलालाई उद्योगसँग जोडेर व्यवसाय विस्तार गरिरहेका छन् । सरकारले उद्योगमैत्री वातावरण निर्माण गरी आवश्यक सहयोग गर्न सके ढाका उद्योगमार्फत सयौँलाई रोजगारी दिन सकिने उनको विश्वास छ । उद्योग दिवसका अवसरमा सम्मानित यी दुई उद्यमीका कथा केवल व्यक्तिगत सफलताका उदाहरण मात्र होइनन्, स्थानीय उत्पादनलाई प्रोत्साहन, परम्परागत सीपको संरक्षण र गाउँमै रोजगारी सिर्जना गर्न सकिने सम्भावनाका दृष्टान्त पनि हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने
Latest NewsJust now

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका कुनै पनि प्रमुख सहरहरूमा वर्षाको सम्भावना छैन। सबै सहरहरूमा वर्षाको सम्भावना शून्य... ...

रातोपाटी
किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ
Latest NewsJust now

किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ

काठमाडौं । मोरङको कानेपोखरी ६ मा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पीडित किशोरीका ससुरा र सोही घटनालाई लिएर पीडित बालिकालाई कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने किशोरीका श्रीमान् पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा किशोरीका ५५ वर्षीय ससुरा र उनका २३ वर्षीय श्रीमान् छन्। गत कात्तिक २९ गते राति किशोरीलाई घरमा ससुरा जयराम दर्जीले ...

केन्द्रबिन्दु
बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी
Latest NewsJust now

बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबिच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement