पानी तर्काउने ड्रेन प्रणाली पुरानो हुँदा त्रिवि रंगशाला जलमग्न, खेल प्रभावित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालालाई गत वर्ष प्यारापिटसहित स्तरोन्नती गरिएपनि मैदानमा परेको पानी तर्काउने ड्रेन पुरानै भएका कारण मैदान र वरीपरीको भाग समेत जलमग्न हुन पुगेको छ । शुक्रबारदेखि भइरहेको वर्षाका कारण मैदानमा प्यारापिट तर्फबाट बगेको पानी समेत छिरेपछि आजका लागि तय भएका खेलहरु प्रभावित हुन भएका छन् । गत वर्ष त्रिवि क्रिकेट मैदानलाई रंगशालालाई स्तरोन्ती गर्दै १० हजार दर्शक अटाउने प्यारापिट बनाइएको थियो । यसअन्तर्गत मैदान वरपरको करिब आधा भागमा प्यारापिट बनेपनि सम्पूर्ण संरचना बन्न सरकारले बनाएको गुरु योजना लागू हुनुपर्ने देखिएको छ । यसो हुननसक्दा प्यारापिटबाट बगेर आएको पानी मैदानतर्फ नै पसेको हुनसक्ने रंगशाला निर्माणमा संलग्न शहरी विकास विभागका पूर्वसहसचिव चक्रवर्ती कण्ठ बताउँछन् । ‘त्यहाँ जम्मा हुने सबै पानी तत्काल बगाउन मैदान वरीपरी ठूलो क्षमताको ड्रेन प्रणाली बनाउनुपर्छ । जुन गुरु योजना लागू भएपछि मात्र सम्भव छ’, उनले भने । दोस्रो चरणमा रंगशालाको प्यारापिटलाई थप १५ हजार दर्शक क्षमतामा बृद्धि गर्ने र त्यसै अनुसारका अन्य भौतिक पूर्वाधार थप्दै जाने उल्लेख छ । आधा नयाँ संरचनामा र आधार पुरानै संरचनामा चल्नुपर्दा अहिलेका वर्षाको पानी व्यस्थापनमा समस्या देखिएको पनि उनी बताउँछन् । हालको ड्रेन प्रणाली नेशनल प्रिमियर लिगको पहिलो संस्करण अघि नै तयार भएको थियो । २०५६ सालसम्म त्रिविको आन्तरिक खेलकुद रंगशालाको रुपमा रहेका त्रिवि मैदानलाई भारतको जि–स्पोर्टससमेतको सहयोगमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा परिणत गर्न कार्य थालनी गरिएको थियो । लामो समयसम्म ड्रेसिङ रुमका केही संरचना, मैदान र पिचको व्यवस्था गरिएको रंगशालमा एनपीएलको पहिलो संस्करणसम्म दर्शकले जमिनमै बसेर क्रिकेट हेर्नुपर्ने अवस्था थियो । नेपालीहरुको बढदो क्रिकेट मोहका कारण तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार बन्नसाथ एकसय दिनभित्र सक्ने उद्घोषसहित प्यारापिट र रातीसमेत खेल सञ्चालन गर्न सक्नेगरी फ्लडलाइट जडान गरिएको थियो । त्यसपछिको बाँकी काम करिब १० अर्ब रुपैयाँको गुरुयोजना अन्तर्गत गर्ने र आधुनिक क्रिकेट रंगशालामा हुनुपर्ने सबै भौतिकपुर्वाधार सम्पन्न बनाउने काम भने बाँकी छ । नयाँ बनेको प्यारापिटबाट बगेर आउने पानीका कारण मैदानतर्फ बढी पानी प्रवाह भएको हो । रंगशाला त्रिविको होचो जमिनमा बनेका कारण पनि त्रिविका अन्य स्थानमा परेको पानी पनि रंगशाला नजिकै आइपुग्छ । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहका अनुसार मैदान र बाहिरको क्षेत्र समेत पानीमा डुबेको छ । मैदान र पीचलाई पालले छोपेर जोगाइए पनि वरीपरिबाट आएको पानी जम्मा भएका कारण पानी रोकिए पनि आज(शनिबार) र भोलि(आइतबार)को खेल सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ । क्यानले प्रकाशित गरेको तालिका अनुसार आज अपरान्ह १२ः३० चितवन राइनोज र लुम्बिनी लाइन्स बीच खेल तय भएको छ । त्यस्तै साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । क्यानका बोर्ड सदस्य एवं एनपिएल प्रतियोगिता निर्देशक धिरेन्द्र साउदका अनुसार सोचेभन्दा बढी नै पानी परेकोले कटाउन मैदान वरपर व्यवस्था गरिएका ड्रेन समेत भरिएको अवस्था छ । ‘पानी रोकियो भने त एक घन्टामा खेलका लागि मैदान तयार गराउन सकिन्छ’, उनको भनाई थियो । पहिलो खेल नसकिए पनि दोस्रो खेल खेलाउन सकिने अपेक्षा क्यानको रहेको पनि उनले बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अस्पताल उद्घाटनका क्रममा रास्वपा–एमाले कार्यकर्ताको झडप, के थियो विवाद ?
प्रशासनका अनुसार यो उद्घाटन रोक्न र शिलालेखमा भएको नाम हटाउन निवर्तमान पालिका अध्यक्ष अमिरीलाल साह कानुले चाहेका थिए । ...

रास्वपा सांसद भन्छन्– न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब छ
रास्वपाका सांसद मधुकुमार चौलागाईंले बिचौलियासँग उठबस गर्ने न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब रहेको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ...

कुलेखानीको जलसतह बढेपछि उच्च सतर्कता अपनाउन सर्लाही प्रशासनको आग्रह
१४ कात्तिक, सर्लाही । कुलेखानी जलाशयको जलसतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बागमती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार दिउसो जारी सूचनामा जलाशयको जलसतह बढेर बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रशासनले नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो । नेपाल विद्युत् प्राधिकरणका… ...

देउवा समूहको तरुण दल अध्यक्षमा दिल लामा
लामालाई ६ महिनाभित्र तरुण दलको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको छ । ...


