Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पानीमा ४०.७४ किलोमिटर मोटरसाइकल चलाए, बनाए नयाँ विश्व कीर्तिमान

पानीमा ४०.७४ किलोमिटर मोटरसाइकल चलाए, बनाए नयाँ विश्व कीर्तिमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
पानीमा ४०.७४ किलोमिटर मोटरसाइकल चलाए, बनाए नयाँ विश्व कीर्तिमान

एजेन्सी । चिनियाँ मोटरसाइकल निर्माता कम्पनी जेडएक्समोटोका संस्थापक चाङ सुएले पानीमाथि मोटरसाइकल चलाएर नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले विशेष प्रविधिबाट परिमार्जन गरिएको मोटरसाइकलमार्फत पानीको सतहमा ४०.७४ किलोमिटर यात्रा गर्दै यसअघिको ३१.८ किलोमिटरको कीर्तिमान तोडेका हुन्। ३९ वर्षीय चाङले गत अक्टोबर २५ मा मध्य चीनको हुनान प्रान्तस्थित आफ्नो गृहनगर मायाङ मियाओ स्वायत्त काउन्टीको नदीमा उक्त कीर्तिमान बनाएका हुन्। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार चाङले परिमार्जित एमएक्स४५० मोटरसाइकल नदीमा चलाएर पानीमा सबैभन्दा लामो दूरी पार गर्ने कीर्तिमान कायम गरेका हुन्। उद्धार डुंगा र स्वास्थ्यकर्मीको निगरानीमा गरिएको उक्त प्रयासलाई गिनिज वर्ल्ड रेकर्ड्सका अधिकारीहरूले जीपीएस ट्र्याकिङ, समय र भिडियो प्रमाणका आधारमा प्रमाणीकरण गरेका थिए। मोटरसाइकललाई पानीमा तैराउन विशेष फ्लोटेसन उपकरण र वाटरप्रुफिङ प्रविधि जडान गरिएको थियो। सामान्य अवस्थामा उक्त मोडलको मोटरसाइकलको तौल ९८ देखि १०२ किलोग्रामसम्म हुन्छ। कठिन मोड र शारीरिक थकानका बाबजुद चाङले लगातार ६ ल्याप पूरा गर्दै ४०.७४ किलोमिटरको दूरी पार गरेका थिए। गिनिजका निर्णायक सिओङ वेनले घटनास्थलमै उनको कीर्तिमान घोषणा गरेका थिए। चाङले २२ वर्षको उमेरमै पहिलोपटक पानीमा मोटरसाइकल चलाउने प्रयास गरेका थिए। त्यसको १७ वर्षअघि प्रविधिको सीमितताका कारण उनका लगातार चार प्रयास असफल भएका थिए। त्यतिबेला उनले बढीमा २० मिटर मात्रै दूरी पार गर्न सकेका थिए। यसपटकको सफलताका लागि चाङ र उनको टोलीले करिब पाँच महिना लगाएर मोटरसाइकलको तैरिने क्षमता, वाटरप्रुफ सिलिङ र पावर सिस्टममा सुधार गरेका थिए। विश्व कीर्तिमान कायम गरेपछि चाङले आफूले यो सफलता हासिल गर्न सक्नेमा पहिलेदेखि नै विश्वास रहेको बताए। असफल भएको भए पनि प्रयास गर्न नछाड्ने उनको भनाइ थियो। आफ्नै गृहनगरमा विश्व कीर्तिमान बनाउन पाउँदा आफ्नो वर्षौंदेखिको सपना पूरा भएको र उपलब्धि थप अर्थपूर्ण बनेको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एनप्याब्सनलाई सरकारले गर्‍यो निलम्बन
ताजा खबरJust now

एनप्याब्सनलाई सरकारले गर्‍यो निलम्बन

सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई निलम्बन गरेको छ।  शुक्रबार गृह मन्त्रालयले सूचना जारी गरी एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको छ। गृहले भनेको छ, ‘राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय ... ...

नेपालखबर
सरकारी निर्देशन अवज्ञा गरेको भन्दै सरकारले एनप्याब्सनलाई गर्‍यो निलम्बन
ताजा खबरJust now

सरकारी निर्देशन अवज्ञा गरेको भन्दै सरकारले एनप्याब्सनलाई गर्‍यो निलम्बन

काठमाण्डु– सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै एनप्याब्सनलाई निलम्बन गरेको जनाएको छ । मन्त्रालयका अनुसार एनप्याब्सनका पदाधिकारीबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधिसमेत भएको देखिएको छ । […] ...

काठमाण्डुपाटी
नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो
ताजा खबरJust now

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले घटेर ४८७ दशमलव ६६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले ...

केन्द्रबिन्दु
बजारमा ७ महिनायताकै उच्च कारोबार, विकास बैंक समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले बढ्यो
ताजा खबरJust now

बजारमा ७ महिनायताकै उच्च कारोबार, विकास बैंक समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले बढ्यो

• नेप्से परिसूचक ५.४५ अंकले घटेर २,६९०.१५ विन्दुमा पुगेको छ, जसमा १०२ कम्पनीको शेयर मूल्य बढेको र १६९ कम्पनीको घटेको छ। • विकास बैंक समूहको परिसूचक १.६१ प्रतिशतले बढेको छ, जबकि बैंकिङ, फाइनान्स र अन्य समूहका परिसूचक घटेका छन्। • लुम्बिनी विकास बैंकको ५५० रूपैयाँमा ३८ करोड ४८ लाखको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७ प्रतिशतले बढेको हो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play