काठमाडाैं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तान ‘ए’ विरुद्ध पहिलो ओभरमै सफलता हात पारेको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा जारी खेलमा नेपालका बलर राशिद खानले पहिलो ओभरमै विकेट दिलाएका हुन्। टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालका लागि बलिङ सुरुवात गरेका राशिद खानले इनिङ्सको ०.५ ओभरमा पाकिस्तान ‘ए’ का ओपनर शमिल हुसेनलाई पभेलियन फर्काए। ५ बलमा १ छक्कासहित ६ रन बनाएका शमिललाई राशिदको बलमा मयन यादवले क्याच आउट गरेका हुन्। ०.५ ओभरको समाप्तिमा पाकिस्तान ‘ए’ ले १ विकेट गुमाएर ६ रन बनाएको छ भने अर्का ओपनर माज सदाकतले खाता खोल्न बाँकी छ।
पाकिस्तान ‘ए’विरुद्ध पहिलो ओभरमै नेपाललाई सफलता

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





