काठमाडाैं । एसीसी पुरुष यू-१९ एशिया कप २०२६ अन्तर्गत पाकिस्तान यू-१९ ले नेपाल यू-१९ लाई जितका लागि २७६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट ग्राउन्डमा भइरहेको यस खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तान यू-१९ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रनको योगफल तयार पार्यो। पाकिस्तानका लागि अहमद हुसैन र कप्तान फरहान युसुफले उत्कृष्ट अर्धशतकीय पारी खेले। अहमद हुसैनले ७३ बलमा ७ चौका र २ छक्काको मद्दतले सर्वाधिक ८९ रन जोडे भने फरहान युसुफले ९५ बलमा ७४ रन बनाए। त्यसैगरी अब्बास दारले २५ रन, जहांगीर बिलालले २२ रन र उस्मान खानले १९ रनको योगदान दिए। नेपाल यू-१९ का लागि कप्तान विपिन शर्माले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ५८ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे। सुशिल रावलले १० ओभरमा ५२ रन दिएर २ विकेट लिए भने अभय यादव र सचिन भट्टले समान १-१ विकेट प्राप्त गरे।
पाकिस्तानले नेपाल यू-१९ लाई दियाे २७६ रनको लक्ष्य

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






