Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पाकिस्तान–इरान सीमा लगातार चौथो दिन पनि बन्द, हजारौँ मालवाहक गाडी अलपत्र

पाकिस्तान–इरान सीमा लगातार चौथो दिन पनि बन्द, हजारौँ मालवाहक गाडी अलपत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तान–इरान सीमा लगातार चौथो दिन पनि बन्द, हजारौँ मालवाहक गाडी अलपत्र

काठमाडौं । पाकिस्तान र इरानबीचका प्रमुख सीमा नाका बन्द हुँदा दुई देशबीचको व्यापार प्रभावित भएको छ । गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका नाका लगातार चौथो दिन पनि सञ्चालनमा आउन नसक्दा सीमाका दुवैतर्फ हजारौँ मालवाहक गाडी रोकिएका छन् । बलुचिस्तान हुँदै हुने द्विपक्षीय व्यापार ठप्प हुँदा व्यापारीहरू आर्थिक नोक्सानीको जोखिममा परेका छन् । पाकिस्तान र इरानले सीमा बन्द गर्ने निर्णयलाई अस्थायी भने पनि नाका पुनः सञ्चालनमा आउने निश्चित समय भने सार्वजनिक गरेका छैनन् । बलुचिस्तान सरकारका प्रवक्ता तथा मुख्यमन्त्रीका सल्लाहकार शाहिद रिन्दका अनुसार सीमा बन्द गर्नुको उद्देश्य सुरक्षा व्यवस्था मजबुत बनाउनु, तस्करी नियन्त्रण गर्नु र सीमा व्यवस्थापनमा देखिएका समस्या समाधान गर्नु हो । प्रशासनिक समस्या समाधानका लागि प्रयास भइरहेको र चाँडै नाका खुल्न सक्ने उनले बताएका छन् । यता, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले प्राविधिक समस्याका कारण सावधानीस्वरूप सीमा बन्द गर्नुपरेको बताएका छन् । दुवै देशले फरक–फरक कारण प्रस्तुत गरेपछि सीमा बन्द हुनुको वास्तविक कारणबारे थप चासो बढेको छ । सीमा बन्दको प्रत्यक्ष असर व्यापारमा देखिएको छ । ग्वादर च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष शम्सुल हकका अनुसार गबद–रीमदान नाकामा मात्रै पाकिस्तानतर्फ करिब १ हजार ५०० मालवाहक गाडी रोकिएका छन् । ती गाडीमा चामल, आलु र केरालगायतका सामान छन् । इरानतर्फ पनि एलपीजी ग्यास बोकेका करिब ३ हजार कन्टेनर अलपत्र परेको उनले बताएका छन् । बोर्डर ट्रेडर्स एसोसिएसनका अध्यक्ष अब्दुल गफुरले फलफूल र सुक्खा मेवाजस्ता छिट्टै बिग्रने सामान बोकेका गाडी रोकिँदा व्यापारीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएको बताएका छन् । लामो समयसम्म सीमा नखुलेमा सामान बिग्रने र ढुवानी खर्च बढ्ने जोखिमसमेत रहेको छ । सीमा बन्द हुनुअघि अक्टोबर १६ मा पाकिस्तानको वाणिज्य मन्त्रालयले इरानबाट सामान आयात गर्दा प्रयोग हुँदै आएको इलेक्ट्रोनिक इम्पोर्ट फर्मसम्बन्धी विशेष छुट हटाएको थियो । त्यसको केही दिनअघि मात्रै इरानी राष्ट्रपति मसूद पेजेस्कियानको पाकिस्तान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय व्यापारलाई १० अर्ब अमेरिकी डलरसम्म पुर्‍याउने लक्ष्य व्यक्त गरेका थिए । इरानमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण बैंकिङ प्रणालीमार्फत व्यापारिक कारोबार गर्न कठिनाइ हुँदै आएको छ । त्यसैले सीमा क्षेत्रमा विशेष व्यवस्थामार्फत व्यापार सञ्चालन हुँदै आएको थियो । तर, इरानी सामानको बढ्दो आयात र त्यसले पाकिस्तानी घरेलु उद्योगमा पार्न सक्ने प्रभावका कारण सरकारले आयातसम्बन्धी नीतिमा कडाइ गरेको हुन सक्ने आर्थिक विश्लेषकहरूको धारणा छ । यसैबीच, क्वेटा च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले सरकारी नीति स्पष्ट नभएसम्म इरानबाट नयाँ सामान खरिद तथा आयातका लागि बुकिङ नगर्न व्यापारीहरूलाई आग्रह गरेको छ । सीमा नाका कहिले खुल्ने भन्ने स्पष्ट नहुँदा दुई देशबीचको व्यापारिक सम्बन्धमा थप जटिलता उत्पन्न हुने र त्यसको असर सीमावर्ती क्षेत्रका व्यवसायी तथा उपभोक्तासम्म पुग्न सक्ने देखिएको छ । The post पाकिस्तान–इरान सीमा लगातार चौथो दिन पनि बन्द, हजारौँ मालवाहक गाडी अलपत्र appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

उपत्यकाका सडकमा सवारी चाप बढ्दै
ताजा खबरJust now

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ। मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारी साधन सामान्य अवस्थामा ...

नेपालन्युज
एनपीएलका सम्पूर्ण खेलले 'लिस्ट ए' टी–२० को आधिकारिक मान्यता पाए
ताजा खबरJust now

एनपीएलका सम्पूर्ण खेलले 'लिस्ट ए' टी–२० को आधिकारिक मान्यता पाए

काठमाडाैँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का सम्पूर्ण खेललाई आधिकारिक मान्यता प्रदान गरेको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी अक्टोबर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play