Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

पहिलो त्रैमासमा ४२ अर्बभन्दा बढी वैदेशिक सहायता : ऋण ३४ अर्ब, अनुदान ७ अर्ब

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो त्रैमासमा ४२ अर्बभन्दा बढी वैदेशिक सहायता : ऋण ३४ अर्ब, अनुदान ७ अर्ब
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रूपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार वैदेशिक ऋण तथा अनुदान गरी असोज मसान्तसम्म उक्त रकम प्राप्त भएको हो। असोज मसान्तसम्मको विवरणअनुसार वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रूपैयाँभन्दा बढी प्राप्त भएको छ। यस शीर्षकमा सरकारले वार्षिक २ खर्ब ४७ अर्ब ३५ करोड ७ लाख रूपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ। लक्ष्यको तुलनामा ऋण प्राप्तिको प्रगति १३.८८ प्रतिशत रहेको छ। त्यस्तै, अनुदानतर्फ ७ अर्ब ९८ करोड ४९ लाख रूपैयाँभन्दा बढी प्राप्त भएको छ। सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ९४ करोड ५४ लाख रूपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असोज मसान्तसम्म १२.९३ प्रतिशत प्रगति भएको छ। ऋण र अनुदान गरी चालु आर्थिक वर्षमा कुल ३ खर्ब ९ अर्ब २९ करोड ६१ लाख रूपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने वार्षिक लक्ष्य रहेको छ। असोज मसान्तसम्म कुल ४२ अर्ब ३२ करोड ५४ लाख रूपैयाँभन्दा बढी प्राप्त भएको छ। यसैबीच, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायतासम्बन्धी कुल ६ अर्ब ४७ करोड ११ लाख रूपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। महिनागत विवरणअनुसार साउनमा २ अर्ब २० करोड ३८ लाख रूपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ। भदौमा १ अर्ब १३ करोड ७३ लाख रूपैयाँ र असोजमा ३ अर्ब १३ करोड रूपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। पहिलो त्रैमासमा प्राप्त भएको वैदेशिक सहायता प्रतिबद्धता कुल ६ अर्ब ४७ करोड ११ लाख रूपैयाँ पुगेको छ। वैदेशिक सहायता परिचालनको विवरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण तथा अनुदान प्राप्ति वार्षिक लक्ष्यको तुलनामा १३ प्रतिशत हाराहारीमा सीमित रहेको छ। The post पहिलो त्रैमासमा ४२ अर्बभन्दा बढी वैदेशिक सहायता : ऋण ३४ अर्ब, अनुदान ७ अर्ब appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
Latest NewsJust now

भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

भन्सार छलेर सुन ल्याएको आरोपमा एक जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजमा आएका चिनियाँ नागरिक झान जुओक्विङ विमानस्थबाट पक्राउ परेका हुन्। विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले सोधपुछ गरेको थियो।  त्यसपछि जाँच गर्दा अन्डरवेयरमा प्लास्टिकले बेरेको अवस्थामा सुन जस्तो देखिने पह... ...

नेपालखबर
दुई अवस्थामा कांग्रेसका नेता–कार्यकर्ता स्वतः निलम्बनमा पर्ने
Latest NewsJust now

दुई अवस्थामा कांग्रेसका नेता–कार्यकर्ता स्वतः निलम्बनमा पर्ने

काठमाडौँ । नेपाली कांग्रेसले विधान संशोधन गरेर दुई अवस्थामा पार्टीका नेता कार्यकर्ता स्वतः निलम्बनमा पर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगमा बुझाएको १५औँ महाधिवेशनबाट संशोधन गरिएको विधानमा पार्टीका विभिन्न तहका... ...

रातोपाटी
न्यायपालिकाको पुनर्संरचनालाई सरकारको सुशासनसँग जोडेर हेरिनुपर्छ
Latest NewsJust now

न्यायपालिकाको पुनर्संरचनालाई सरकारको सुशासनसँग जोडेर हेरिनुपर्छ

लोकतन्त्र केवल आवधिक निर्वाचन, सरकार गठन र राजनीतिक दलहरूको प्रतिस्पर्धाबाट मात्र संस्थागत हुँदैन । लोकतन्त्रको वास्तविक आधार स्वतन्त्र न्यायपालिका, विधिको शासन, मानव अधिकारको संरक्षण र राज्यका सबै निकायको संवैधानिक जबाफदेहिता... ...

रातोपाटी
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता
Latest NewsJust now

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता

काठमाडौं, कात्तिक ३० गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौन हिंसासम्बन्धी तयार पारेको विधेयकमा सरोकारवालाहरुले थप सुधारको आवश्यकता औंल्याएका छन् । महिला, कानुन र विका... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play