पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान गरेर पहिरो प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरेका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ढोल्ठानका रामचन्द्र परियार र रेखा दर्जीको घर बगाएको थियो । घर गुमाएर समस्यामा परेका दुवै परिवारका लागि साहारा समूहका स्वयंसेवकको श्रमदान र स्थानीयवासीको सहयोगमा अस्थायी आवास निर्माण गरिएको हो । साहारा समूहका संयोजक प्रकाश पौडेलले दिवाकर गोल्छा फाउन्डेसनले उपलब्ध गराएको जस्तापाताले छाएर काठ र ढुङ्गामाटोको प्रयोग गरेर दुई वटा घर निर्माण गरेको बताए । घर निर्माणका लागि काठजन्य सामग्री स्थानीयवासीले सहयोग गरेका थिए । समूहका १५ जना युवाले १० दिनसम्म श्रमदान गरेर अस्थायी आवास बनाएका हुन् । विपद्का कारण घरबारविहीन भएका परिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउने उद्देश्यले आवास निर्माण गरिएको उनले बताए । त्यसैगरी, बाढीपहिरोबाट प्रभावित अन्य परिवारलाई समेत सहयोग गर्ने उद्देश्यले म्याग्दीको मङ्गला गाउँपालिकामा पनि थप अस्थायी आवास निर्माणको काम अघि बढाइएको संयोजक पौडेलले बताए । असोज दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दीका विभिन्न बस्तीमा बाढीपहिरोले घर, सडक, खानेपानीलगायतका संरचनामा क्षति पुर्याएको छ । विपद्बाट प्रभावित परिवारलाई पुन:स्थापना गर्न स्थानीयवासी, विभिन्न संघसंस्था र सहयोगी निकायले राहत तथा पुनर्निर्माणका काम गरिरहेका छन् ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
धनकुटामा परम्परागत रूपमा फूलपाती बढाइँ (फोटो फिचर)
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), असोज ३१ गते । बडादसैँको सातौँ दिन महासप्तमीका अवसरमा धनकुटास्थित निशान भगवती मन्दिरमा शनिबार परम्परागत विधिअनुसार फूलपाती बढाइँ गरिएको छ । निशान भग... ...

प्रधानमन्त्रीलाई रसुवावासीको प्रश्न : सरकारले रसुवामा के काम गरिरहेको छ ?
काठमाण्डु – गत भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीले रसुवाको जनजीवन तहसनहस बनायो । सडक, पुल, पदमार्ग र बस्तीमा ठूलो क्षति पुग्यो । जिल्लाका विभिन्न क्षेत्रको आवतजावत अवरुद्ध भयो । कतिपय बस्तीको बाहिरी सम्पर्क टुट्यो । जलविद्युत् आयोजनादेखि स्थानीयको जीविकोपार्जनसम्म बाढीको प्रभाव पर्यो । तर विपद्पछि तत्काल पुन:स्थापना र पुनर्निर्माणको अपेक्षा गरेका रसुवावासीले अझै […] ...

मासु खानुहोस्, दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस्
चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ। अझ दसैँमा त अन्य दिनका तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीको परम्परा नै छ। चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा स्वास्थ्यप्रति भने पर्याप्त सचेतना अपनाएको पाइँदैन। चाडबाडका नाममा शरीरलाई चाहिनेभन्दा बढी खानेकुरा खाने, शारीरिक सक्रियता र व्यायाम नगर्ने अ... ...

एनपीएलमा अन्तर्राष्ट्रिय मापदण्ड कडाइका साथ लागू गरिने
काठमाडौँ । मंसिर १५ देखि आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) लाई निष्पक्ष, व्यवस्थित र भव्य बनाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नियम तथा मापदण्ड कडाइका साथ लागू गरिने... ...


