Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पश्चिम बंगाल भ्रमणको शिक्षा, ‘आत्मनो मोक्षार्थं जगद्धिताय च !’

Share:WhatsAppFacebookX (Twitter)Telegram
पश्चिम बंगाल भ्रमणको शिक्षा, ‘आत्मनो मोक्षार्थं जगद्धिताय च !’
Photo / Coverage: हिमालय टाइम्स

भनिन्छ, ‘जे हेर्‍यो, त्यही देखिन्छ ।’ हुन पनि हो, देखेकाजति सबै देखिँदैनन् । हामी जेमा वा जहाँ ध्यान केन्द्रित गर्दछौं, त्यही देखिने र स्मृतिमा रहने हो । विसं २०८३ सालको दशैँ सकिएपछि केही दिनको पश्चिम बंगाल घुमघामको योजना कार्यान्वयन गरियो । ‘पश्चिम बंगाल !’ हो, त्यही पश्चिम बंगाल, साढे तीन दशक कम्युनिष्टहरूले लगातार सरकार चलाएको भारतीय राज्य । जहाँ अहिले ‘घोर दक्षिणपन्थी’ शक्तिसँग कम्युनिष्टहरू शर्मनाक पराजित भएका छन् । यसबारे अर्को लेखमा अवश्य चर्चा गर्नेछु । अहिले भिन्न विषयमा संक्षिप्त चर्चा गर्ने जमर्को गरेको छु । एक बिहान हामी कोलकाताको वारिपट्टि रहेको हुगलीघाटमा अवस्थित बेलुडमठ पुग्यौं । बेलुडमठ भारतको पश्चिम बंगाल राज्यको हावडा जिल्लामा हुगली नदीको पश्चिमी किनारमा अवस्थित छ । कोलकाता नजिक रहेको यो स्थान रामकृष्ण मठ तथा रामकृष्ण मिसनको केन्द्रीय मुख्यालय हो । यसको स्थापना स्वामी विवेकानन्दको दूरदर्शी सोच र योजनासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । विशाल प्रवेशद्वारबाट छिर्ने बित्तिकै सौम्य, शान्त र स्वच्छ वातावरणले आँखाको माध्यमबाट सरक्क मन तान्यो । गंगा–हुगली घाटतर्फ जाँदै गर्दा दाहिनेतिर रहेको रामकृष्ण परमहंसको ठूलो फोटोफ्रेम र त्यसमा लेखिएको ‘आत्मनो मोक्षार्थं जगद्धिताय च’ अर्थात् आफ्नो मुक्ति र जगत्को हितका लागि पनि…महान् सूत्रवाक्यले मस्तिष्कमा राम्ररी घण्टी बजायो । बेलुडमठ भने यस आध्यात्मिक दर्शनलाई संस्थागत रूप दिँदै साधना, शिक्षा र मानवसेवाको केन्का रूपमा विकसित भएको स्थान हो । विशेषगरी द्रधर्मलाई व्यक्तिगत आस्था र कर्मकाण्डमा मात्र सीमित नराखी मानवकल्याणको माध्यम बनाउनुपर्छ भन्ने सन्देश यस आन्दोलनको महत्त्वपूर्ण पक्ष रहेछ । यसअघि पनि भारतका विभिन्न सहरमा ‘राम किसन मिसन (रामकृष्ण मिसन)’ देख्दै नदेखेको होइन, तर यसपटक यसमा केन्द्रित हुने मन बन्यो । यसबारे पहिले पढेका, सुनेका र देखेका विषयलाई अलि गहिरिएर हेर्दा रामकृष्ण मठ र मिसनको पृष्ठभूमि एवं योगदान अझ स्पष्ट भयो । केही जानिफकारसँगको सोधपुछ, त्यहीँ पाइएका केही पुस्तकहरू, केही सर्च इञ्जिनहरूमा राखिएका सामग्री अध्ययन गर्दा पाएको जानकारी यहाँ प्रस्तुत गर्न मन लाग्यो । कुनै ठाउँको चर्चामा त्यससँग सम्बन्धित व्यक्तित्त्वहरूको चर्चा गर्नु, जानकारी प्राप्त गर्नु, जानकारी गराउनु आवश्यक हुन्छ । रामकृष्ण परमहंसका नाममा बनाइएका मठ र मिसन नरेन्द्रनाथ (स्वामी विवेकानन्द)द्वारा स्थापित संस्था हुन् ।स्वामी विवेकानन्दले सन् १८९७ को सुरुतिर बेलुडमा मठ स्थापनाका लागि जमिन प्राप्त गर्नुभएको थियो । डिसेम्बर, ९१८९७ रामकृष्णका अवशेषसहितको पूजा गरी मठको औपचारिक सुरुवात गरिएको थियो । त्यसपछि सन् १८९८ जनवरीमा बराहनगरबाट मठको गतिविधि नयाँ स्थानमा सारियो । यसरी बेलुडमठ रामकृष्ण सन्न्यासी परम्पराको स्थायी केन्द्रका रूपमा विकसित भयो । बेलुडमठको वास्तुकला पनि विशेष आकर्षणको विषय छ । यहाँ रहेको रामकृष्णको मुख्य मन्दिरको निर्माण सन् १९३८ मा सम्पन्न भएको थियो । यसको वास्तुशैलीमा भारतीय धार्मिक तथा सांस्कृतिक परम्पराका विविध पक्षको समन्वय देखिन्छ । मठ परिसरमा रामकृष्ण, माता शारदा देवी र स्वामी विवेकानन्दसँग सम्बन्धित मन्दिर, स्मारक तथा ऐतिहासिक भवनहरू छन् । शान्त वातावरण, हरियाली र हुगली नदीको किनारले यसलाई आध्यात्मिक साधना र अध्ययनका लागि विशिष्ट स्थान बनाएको छ । भारतमा आध्यात्मिक, दार्शनिक तथा सामाजिक जागरणको इतिहासमा रामकृष्ण परमहंस, स्वामी विवेकानन्द र बेलुडमठको विशिष्ट स्थान छ । यी तीनवटै नाम एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । रामकृष्ण परमहंस आध्यात्मिक अनुभूति र धार्मिक सद्भावका प्रेरणास्रोत मानिनुहुन्छ । स्वामी विवेकानन्द उहाँका विचारलाई व्यावहारिक जीवन, सामाजिक सेवा र विश्वव्यापी संवादसँग जोड्ने प्रमुख शिष्य हुनुहुन्छ । बेलुडमठ भने यस आध्यात्मिक दर्शनलाई संस्थागत रूप दिँदै साधना, शिक्षा र मानवसेवाको केन्द्रका रूपमा विकसित भएको स्थान हो । विशेषगरी धर्मलाई व्यक्तिगत आस्था र कर्मकाण्डमा मात्र सीमित नराखी मानवकल्याणको माध्यम बनाउनुपर्छ भन्ने सन्देश यस आन्दोलनको महत्त्वपूर्ण पक्ष रहेछ । आध्यात्मिक अनुभूति र धार्मिक सद्भावरामकृष्ण परमहंसको जन्म सन् १८३६ फेब्रुवरी १८ मा भारतको पश्चिम बंगालस्थित हुगली जिल्लाको कामारपुकुर गाउँमा भएको थियो । उहाँको बाल्यकालको नाम गदाधर चट्टोपाध्याय थियो । उहाँका पिता खुदीराम चट्टोपाध्याय र माता चन्द्रमणि देवी धार्मिक प्रवृत्तिका हुनुहुन्थ्यो । बाल्यकालदेखि नै गदाधरमा आध्यात्मिक चिन्तन, भक्ति र ध्यानप्रति विशेष रुचि देखिन्थ्यो ।उहाँ कोलकाता नजिकैको दक्षिणेश्वरस्थित काली मन्दिरमा पुजारीका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यहीँ उहाँले लामो समयसम्म गहन आध्यात्मिक साधना गर्नुभयो । उहाँले हिन्दु धर्मका विभिन्न साधना पद्धति र दर्शनको अभ्यास गर्नुका साथै इस्लाम तथा इसाई धर्मको आध्यात्मिक मार्गको समेत अनुभव गर्ने प्रयास गर्नुभयो । उहाँका अनुसार विभिन्न धर्मका बाह्य स्वरूप, उपासना पद्धति र परम्परा फरक भए पनि तिनले खोज्ने परमसत्य एउटै हुन सक्छ । उहाँको आध्यात्मिक चिन्तनको मूल विशेषता धार्मिक सद्भाव र प्रत्यक्ष अनुभूति थियो । उहाँ धर्मलाई बहस, विवाद वा कर्मकाण्डमा मात्र सीमित राख्न चाहनुहुँदैनथ्यो । उहाँको जोड साधना, प्रेम, भक्ति र ईश्वरको अनुभूतिमा थियो । सबै धर्मप्रति सम्मान राख्दै आफ्नो आस्थामा दृढ रहन सकिने उहाँको जीवनदर्शनले धार्मिक सहिष्णुताको व्यावहारिक उदाहरण प्रस्तुत गर्छ । रामकृष्णको जीवनले मानिसलाई धर्मका नाममा विभाजित हुनुभन्दा आध्यात्मिक सत्यको खोजी र पारस्परिक सम्मानमा अघि बढ्न प्रेरित गर्छ । उहाँको यही विचारले पछिल्लो समयमा रामकृष्ण आन्दोलनको वैचारिक आधार निर्माण गर्‍यो । सन् अगष्ट १६, १८८६ मा उहाँ ब्रह्मलीन भयो, तर उहाँका विचार र आध्यात्मिक प्रभाव उहाँका शिष्यहरूमार्फत निरन्तर विस्तार हुँदै गए । आध्यात्मिक दर्शनको विश्वव्यापी विस्तारस्वामी विवेकानन्दको जन्म सन् १८६३ जनवरी १२ मा भारतको कोलकातामा भएको थियो । उहाँको जन्मनाम नरेन्द्रनाथ दत्त थियो । पिता विश्वनाथ दत्त र माता भुवनेश्वरी देवीका सुपुत्र नरेन्द्रनाथ बाल्यकालदेखि नै अध्ययनशील, जिज्ञासु र तर्कशील स्वभावका हुनुहुन्थ्यो । उहाँलाई दर्शन, साहित्य, संगीत, इतिहास र धर्मप्रति विशेष रुचि थियो । सन् १८८१ मा दक्षिणेश्वरमा रामकृष्ण परमहंससँग उहाँको पहिलो भेट भयो । ईश्वरको अस्तित्व र आध्यात्मिक अनुभूतिबारे गहिरो जिज्ञासा राख्ने नरेन्द्रनाथले रामकृष्णसँग गरेको संवादले उहाँको जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्यायो । क्रमशः उहाँ रामकृष्णका प्रमुख शिष्य बन्नुभयो । गुरु ब्रह्मलीन हुनुभएपछि उहाँले आफ्ना सहशिष्यहरूलाई संगठित गर्दै सन्न्यासी जीवन र आध्यात्मिक साधनालाई निरन्तरता दिनुभयो । स्वामी विवेकानन्दको जीवनको महत्त्वपूर्ण उपलब्धिमध्ये सन् १८९३ मा अमेरिकाको शिकागोमा आयोजित विश्व धर्म संसद्मा दिएको ऐतिहासिक सम्बोधन हो । उहाँले त्यहाँ हिन्दु दर्शन, वेदान्त, धार्मिक सहिष्णुता र विश्वबन्धुत्वको सन्देश प्रस्तुत गर्नुझएको थियो । जसलाई अहिले शिकागो वत्तृताको रूपमा लिइन्छ र पढ्न पाइन्छ । उहाँको सम्बोधनले भारतीय आध्यात्मिक चिन्तनलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउनुका साथै विभिन्न धर्मबीच संवाद र सहअस्तित्वको महत्त्व स्थापित गर्न योगदान पुर्‍यायो । विवेकानन्दको विचारमा प्रत्येक मानिसभित्र असीम सम्भावना र अन्तर्निहित दिव्यता हुन्छ । शिक्षाको उद्देश्य मानिसभित्र रहेको पूर्णताको अभिव्यक्ति गराउनु हो । त्यसैले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई चरित्र निर्माण, आत्मविश्वास, विवेक, आत्मनिर्भरता र व्यक्तित्व विकासको आधार बन्नुपर्छ । उहाँले धर्म र दर्शनलाई समाजको वास्तविक जीवनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । भोक, गरिबी, अशिक्षा र सामाजिक उपेक्षाबाट पीडित मानिसलाई आध्यात्मिक प्रवचनमात्र पर्याप्त हुँदैन, उनीहरूलाई शिक्षा, स्वास्थ्य, भोजन, अवसर र सम्मान पनि आवश्यक हुन्छ भन्ने उहाँको दृष्टिकोण थियो । मानवसेवालाई ईश्वरसेवाकै व्यावहारिक स्वरूप मान्ने उहाँको विचारले रामकृष्ण मिसनलाई सामाजिक सेवातर्फ उन्मुख गरायो । विचारदेखि संस्थागत अभियानसम्मरामकृष्ण परमहंसको भौतिक अवसानपछि उहाँका सन्न्यासी शिष्यहरूले कोलकाताको बराहनगरमा सामूहिक मठजीवन सुरु गरेका थिए । नरेन्द्रनाथ (विवेकानन्द)को नेतृत्वमा उहाँहरूले सन्यासको औपचारिक दीक्षा लिनुभयो र गुरुका विचारलाई जीवनमा उतार्ने संकल्प गर्नुभयो । यही समूहबाट पछि रामकृष्ण मठको संस्थागत विकास भयो । स्वामी विवेकानन्दले सन् १८९७ मे १ मा रामकृष्ण मिसन स्थापना गर्नुभयो । यसको उद्देश्य आध्यात्मिक साधना र मानवसेवालाई एकीकृत गर्दै शिक्षा, स्वास्थ्य, राहत तथा सामाजिक कल्याणका गतिविधि सञ्चालन गर्नु थियो । यस अभियानमा सन्न्यासीहरूसँगै गृहस्थ अनुयायीहरूको सहभागितालाई पनि महत्त्व दिइयो । रामकृष्ण मठ र रामकृष्ण मिसन परस्पर निकट सम्बन्ध भएका तर कानुनी तथा प्रशासनिक दृष्टिले छुट्टाछुट्टै संस्था रहेछन् । रामकृष्ण मठ मुख्यतः आध्यात्मिक साधना, सन्यासी जीवन र धार्मिक शिक्षासँग सम्बन्धित रहेछ भने रामकृष्ण मिसनले सामाजिक सेवा तथा जनकल्याणका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदोरहेछ । दुवै संस्था साझा आदर्श र समन्वयका आधारमा सञ्चालन हुँदारहेछन् । बेलुडमठको मूल आदर्शवाक्य हो, ‘आत्मनो मोक्षार्थं जगद्धिताय च ।’ यसको अर्थ हो–आफ्नो मोक्षका लागि र संसारको कल्याणका लागि । यसले व्यक्तिगत आत्मिक उन्नति र समग्र मानवसमाजको हितलाई परस्परविरोधी नभई एकअर्काका पूरक मानेको छ । आफ्नो आध्यात्मिक विकाससँगै अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ भन्ने यसको मूल मान्यता रहेको देखिन्छ । बेलुडमठ र रामकृष्ण मिसनका समसामयिक गतिविधिबेलुडमठको महत्त्व केवल धार्मिक तथा आध्यात्मिक केन्द्रका रूपमा मात्र सीमित छैन । यसले नेतृत्व गर्ने रामकृष्ण मठ तथा रामकृष्ण मिसनले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद् व्यवस्थापन र मानवीय सहयोगका क्षेत्रमा व्यापक गतिविधि सञ्चालन गर्दै आएको रहेछ । ‘मानिसको सेवा गर्नु नै ईश्वरको सेवा गर्नु हो’ भन्ने आध्यात्मिक मान्यता यी गतिविधिको आधार रहेछन् । क.शिक्षा र चरित्र निर्माणशिक्षालाई व्यक्तित्व विकास र सामाजिक रूपान्तरणको प्रमुख आधार मान्दै यस संस्थाले विद्यालय, महाविद्यालय, प्राविधिक शिक्षालय, छात्रावास र पुस्तकालय सञ्चालन गर्दै आएको रहेछ । औपचारिक शिक्षासँगै नैतिकता, अनुशासन, आत्मविश्वास, सेवाभाव र चरित्र निर्माणमा पनि जोड दिइँदोरहेछ । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकालाई शिक्षाको अवसर उपलब्ध गराउनु यसको महत्त्वपूर्ण कार्य रहेछ । मानिसभित्रको सम्भावनालाई उजागर गर्नु, सबैप्रति सम्मान र सद्भाव राख्नु, आफ्नो उन्नतिसँगै अरूको कल्याणमा पनि योगदान पुर्‍याउनु नै अभियानको मूल प्रेरणा रहेछ । त्यसैले रामकृष्ण परमहंसको आध्यात्मिकता, स्वामी विवेकानन्दको मानवतावादी चिन्तन र बेलुडमठको सेवामूलक अभियानलाई अध्यात्म, मानवता र समाज सुधारको त्रिवेणीका रूपमा लिन सकिन्छ । ख. स्वास्थ्य सेवा र उपचारअस्पताल, औषधालय, बाह्य उपचार केन्द्र र घुम्ती स्वास्थ्य सेवामार्फत योगदान पुर्‍याइँदोरहेछ । ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न समुदायलाई स्वास्थ्य परीक्षण, उपचार, औषधि वितरण र स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिन्छ । स्वास्थ्य सेवालाई व्यापारभन्दा मानवीय दायित्वका रूपमा ग्रहण गर्नु यस संस्थाको सेवाभावको एक उल्लेखनीय पक्ष रहेछ । ग. विपद् उद्धार र पुनःस्थापनाबाढी, पहिरो, भूकम्प, आगलागीजस्ता प्राकृतिक विपत्ति तथा अन्य मानवीय संकटमा राहत र उद्धारका गतिविधि सञ्चालन गरिँदोरहेछ । प्रभावित समुदायलाई खाद्यान्न, लत्ताकपडा, औषधि र अस्थायी आवास उपलब्ध गराउनेदेखि दीर्घकालीन पुनःस्थापनासम्मका काममा संस्था संलग्न हुँदोरहेछ । सन् १८९७ मा मिसन स्थापना भएदेखि नै राहत तथा मानवीय सहयोग यसको प्रमुख कार्यक्षेत्र रहँदै आएको रहेछ । घ.ग्रामीण विकास र सामाजिक सशक्तीकरणसमुदायको जीवनस्तर सुधार्न कृषि, सीप विकास, व्यावसायिक तालिम, सरसफाइ, पोषण र आत्मनिर्भरता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिन्छन् । आदिवासी तथा विपन्न समुदायको शैक्षिक, आर्थिक र सामाजिक उत्थानमा विशेष ध्यान दिइँदोरहेछ । महिला तथा बालबालिकाको क्षमता विकास, सामाजिक चेतना र जीविकोपयोगी सीप अभिवृद्धिका गतिविधिले पनि यस अभियानलाई थप व्यापक बनाएका रहेछन् । ङ. साहित्य, संस्कृति र आध्यात्मिक जागरणरामकृष्ण मठ तथा मिसनले पुस्तक प्रकाशन, धार्मिक तथा दार्शनिक अध्ययन, प्रवचन, ध्यान, योग र सांस्कृतिक गतिविधिमार्फत आध्यात्मिक चेतना विस्तार गर्दै आएको रहेछ । वेदान्त दर्शन, रामकृष्णका उपदेश, माता शारदा देवीका प्रेरणादायी विचार र स्वामी विवेकानन्दका रचनाहरू विभिन्न भाषामा प्रकाशिन गरिँदोरहेछ । यसले ज्ञान, भक्ति, योग र कर्मको समन्वयलाई प्रोत्साहन गर्छ ।यी गतिविधि भारतमा मात्र सीमित छैनन् । रामकृष्ण मठ तथा मिसनका विभिन्न देशमा शाखा केन्द्रहरू सञ्चालनमा छन् । नेपालमा पनि रामकृष्ण आश्रम नेपालले यस परम्परासँग सम्बन्धित आध्यात्मिक, शैक्षिक तथा सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको रहेछ । आजको समाजका लागि सान्दर्भिक दर्शनआज संसार धार्मिक, सांस्कृतिक, राजनीतिक र सामाजिक विविधताले भरिएको छ । यस्तो अवस्थामा एकअर्काको आस्था र पहिचानको सम्मान गर्नु, विभाजनभन्दा सहकार्यलाई प्राथमिकता दिनु, शिक्षामार्फत मानिसको क्षमता विकास गर्नु र विपन्न तथा असहाय समुदायको सेवामा समर्पित हुनु झन् आवश्यक भएको छ । बेलुडमठको दर्शनले धर्मलाई मानवतासँग, अध्यात्मलाई सेवाभावसँग र ज्ञानलाई व्यावहारिक कर्मसँग जोड्न प्रेरित गर्छ । यसको सन्देश कुनै एउटा धर्म, समुदाय वा भूगोलमा सीमित छैन, यो समग्र मानवजातिका लागि उपयोगी जीवनदृष्टि हो । यो सबै देखे-बुझेपछि मलाई लाग्यो, ‘कुनै बनिबनाउ संस्था, संगठन, दल वा राजकीय पदमा नरहेर पनि मानिस आफ्नो कर्मले अमर भएका छन् । उनीहरूका नाममा आज विश्वभर संस्था स्थापित छन्, जसले शिक्षा, स्वास्थ्य, विज्ञान–प्रविधि, धर्म, अध्यात्म र पर्यावरणलगायत क्षेत्रमा सेवा गरिरहेका छन् । भारतका श्रीरामकृष्ण परमहंस र उहाँका शिष्य स्वामी विवेकानन्दलाई यसका प्रेरक उदाहरणका रूपमा लिन सकिन्छ ।’ वास्तवमा, मानिसभित्रको सम्भावनालाई उजागर गर्नु, सबैप्रति सम्मान र सद्भाव राख्नु, आफ्नो उन्नतिसँगै अरूको कल्याणमा पनि योगदान पुर्‍याउनु नै यस अभियानको मूल प्रेरणा रहेछ । त्यसैले रामकृष्ण परमहंसको आध्यात्मिकता, स्वामी विवेकानन्दको मानवतावादी चिन्तन र बेलुडमठको सेवामूलक अभियानलाई अध्यात्म, मानवता र समाज सुधारको त्रिवेणीका रूपमा लिन सकिन्छ ।नेपालका विशिष्ट व्यक्तित्त्वहरूले पनि पद, प्रतिष्ठा र शक्तिको सीमाभन्दा माथि उठेर आफ्नो जीवनको उत्तरार्ध ज्ञान, अनुभव, प्रेरणा र सेवामार्फत समाजलाई समर्पित गर्दै अमर योगदान दिन सक्नुहुन्न र ? हामीले यसो गर्न नमिल्ने वा नसकिने हो र ? (लेखक कोइराल संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुशासन र समृद्धिका लागि सरकारले सबै प्रयास गर्छ : गृहमन्त्री
Latest NewsJust now

सुशासन र समृद्धिका लागि सरकारले सबै प्रयास गर्छ : गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले देशमा सुशासन कायम गर्न र समृद्धि हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।  शनिबार इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उनले जनताभन्दा माथि नेता नभई जनतालाई सधैँ प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।  ‘सुशासन र समृद्धिका लागि सरकारले आवश्यक सबै प्रयास गर्छ,&rsq... ...

नेपालखबर
न्याय प्रशासन सुधार प्रतिवेदन : जिल्ला अदालतलाई थप अधिकार
Latest NewsJust now

न्याय प्रशासन सुधार प्रतिवेदन : जिल्ला अदालतलाई थप अधिकार

काठमाडौँ, मङ्सिर १३ गते । अदालतमा मुद्दाको कार्यबोझ न्यूनीकरण गर्न अधिकार क्षेत्र, पुनरावेदन लाग्ने व्यवस्था, मुद्दाको सुरु कारबाही र किनारा, म्याद तथा हदम्याद जस्ता कानुनी व्यवस्थ... ...

गोरखापत्र
यमन र साउदी अरबबिच फेरि बढ्यो द्वन्द्व
Latest NewsJust now

यमन र साउदी अरबबिच फेरि बढ्यो द्वन्द्व

यमन र साउदी अरबबिच फेरि द्वन्द्व बढेको छ। बन्दुकधारीहरूले यमनको दक्षिणी तटमा एउटा मालवाहक जहाज कब्जा गरेका छन्। साउदी अरबले बितेका दुई दिनमा रियाद र देशको दक्षिण क्षेत्रमा हुथीले प्रहार गरेका दुई मिसाइल खसालेको बताएको छ। बेलायती समुद्री निगरानी एजेन्सी युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार, यमनको तटीय सहर बलहाफबाट करिब १... ...

नेपालखबर
कम्युनिष्ट एकता अभियान तीव्र बनाउने प्रचण्डको घोषणा
Latest NewsJust now

कम्युनिष्ट एकता अभियान तीव्र बनाउने प्रचण्डको घोषणा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताउनुभएको छ । उहाँले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एउटै झण्डामुनि ल्याउने अभियानलाई थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement