पश्चिम एसियाली युवा चेस च्याम्पियनसिपमा सहभागी हुन ११ नेपाली खेलाडी भारत प्रस्थान

काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन् । नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् । प्रतियोगितामा नेपाली खेलाडी छात्रतर्फ युवा ८ सुनव ओझा, युवा १० शुभाङ्ग प्रधान, युवा १२ अग्रिम सैंजू, युवा १४ आयुष भण्डारी र प्रबिर केसीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी छात्रातर्फ युवा १० अग्रता आचार्य, युवा १२ निहाना श्रेष्ठ, युवा १४ उज्जिवनी कँडेल, युवा १६ नेलिसा ओझाले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीमा अभिभावक भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा प्रबिश प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव हासिल गर्ने अवसरका रूपमा रहेको प्रवक्ता ताम्राकारले बताए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँको दोस्रो दिन पनि रोकिएन बिदेसिने युवाको लर्को
काठमाडौँ। नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ। दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला... ...

धान काट्ने चटारोले बढायो गोविन्दको आरनमा आम्दानी
सन्तोष दहितदाङ, कात्तिक ५ गते । घोराही उपमहानगरपालिका १७ स्थित गुलरिया पार्कको उत्तरतर्फ कुलाको डिलमा एउटा पाल टाँगिएको छ । पालमुनि बसेर ६१ वर्षीय गोविन्द विक हँसिया, खुकुरी र अन्य... ...

दक्षिण क्यारोलिनामा ग्राहमका लागि ट्रम्पको प्रचार
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्यारोलिनाको सिनेट निर्वाचनमा रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमको पक्षमा चुनावी प्रचार तीव्र बनाएका छन्। दिवङ्गत सिनेटर लिन्डसे ग्राहमकी बहिनी डार्लिनलाई जिताउन उनले बुधबार चुनावी सभालाई... ...

पाकिस्तानका हुसेन तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
काठमाडौं।पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’ बाट खेल्ने भएका छन्। कर्णालीले ३० वर्षीय तलतलाई आज विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो। “पाकिस्तानका अलराउन्डर हुसेन तलत अब आधिकारिक रूपमा कर्णाली याक्सका सदस्य बनेका छन्,” कर्णालीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ। हुसेनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एक दिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। उनले १२ एक ...


