Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बदली देखिएको छ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। आज मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग र देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। महाशाखाले यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भीड, तस्बिरमा हेर्नुहोस्
ताजा खबरJust now

महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भीड, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । बडादसैँको नवमी अर्थात् महानवमीका दिन मंगलबार काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधनको पूजा गर्नेको भीड लागेको छ । महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको... ...

रातोपाटी
फ्रान्समा कट्टरपन्थीको उदय, राजनीतिक ध्रुवीकरणले बढायो सङ्कट
ताजा खबरJust now

फ्रान्समा कट्टरपन्थीको उदय, राजनीतिक ध्रुवीकरणले बढायो सङ्कट

पेरिस । अक्टोबर १७ फ्रान्सका लागि दुई कारणले अभूतपूर्व दिन बन्यो । खासमा मुलुकको महत्त्वपूर्ण राष्ट्रपतीय निर्वाचन हुनुभन्दा छ महिना अगाडि देशमा उम्मेदवारहरूका कुरा सुनिन्छन् । उनीहरूका चुनावी कार्यक्रम तुलना गरिन्छन्... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play