पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही स्थानमा बिहानैदेखि हुस्सु

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ।

यस्तै लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भूभागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ।

हाल कुनै पनि मौसमी चेतावनी जारी गरिएको छैन। तथापि सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

Read Complete Original Article
Published originally on विश्वखबर
Related News

महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भीड, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । बडादसैँको नवमी अर्थात् महानवमीका दिन मंगलबार काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधनको पूजा गर्नेको भीड लागेको छ । महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको... ...

फ्रान्समा कट्टरपन्थीको उदय, राजनीतिक ध्रुवीकरणले बढायो सङ्कट
पेरिस । अक्टोबर १७ फ्रान्सका लागि दुई कारणले अभूतपूर्व दिन बन्यो । खासमा मुलुकको महत्त्वपूर्ण राष्ट्रपतीय निर्वाचन हुनुभन्दा छ महिना अगाडि देशमा उम्मेदवारहरूका कुरा सुनिन्छन् । उनीहरूका चुनावी कार्यक्रम तुलना गरिन्छन्... ...

राष्ट्रपति पौडेलले शीतल निवासमा गरे नवकन्याको पूजार्चना
मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजार्चना गरेका छन्। ...