Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

पशु दानाको मूल्य बढेको भन्दै दूधको मूल्य बढाउन दबाब

Share:WhatsAppFacebookX (Twitter)Telegram
पशु दानाको मूल्य बढेको भन्दै दूधको मूल्य बढाउन दबाब
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । पछिल्लो समय पशु दानाको अस्वाभाविक मूल्यवृद्धि भएको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न कृषि तथा पशुपन्छी व्यवसायी संघले सरकारसँग माग गरेको छ । साथै पशु दानाको गुणस्तर सुनिश्चितता कायम गर्न र वैज्ञानिक विधिबाट मूल्य निर्धारण गर्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ । कच्चा पदार्थको मूल्यवृद्धिको बहानामा दानाको भाउ निरन्तर बढाइँदा विशेषगरी गाईभैँसीपालन तथा दुग्ध उत्पादनमा संलग्न किसानहरू प्रत्यक्ष मारमा परेको संघको भनाइ छ । दानाको लागत अत्यधिक बढ्दै जाने तर किसानले पाउने दूधको मूल्य सोही अनुपातमा समायोजन नहुँदा समग्र पशुपालन व्यवसाय नै जोखिममा परेको बताइएको छ । नेपालको पशुपालन क्षेत्र दानाको कच्चा पदार्थमा अत्यधिक परनिर्भर रहेको तथा मकै र भटमासको करिब ८० प्रतिशत तथा फिड सप्लिमेन्ट शतप्रतिशत विदेशबाट आयात हुने गरेको संघले जनाएको छ । भन्सार विभागको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार पशुपन्छी आहारा तथा सम्बन्धित वस्तुको आयातमा करिब २८ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । संघका अनुसार भारतीय मकै प्रतिकेजी ३९ बाट ५४ रुपैयाँ पुगेको छ भने स्वदेशी मकै ३६ बाट ५० रुपैयाँभन्दा माथि पुगेको छ । भटमासको पिनासमेत महँगिएकाले दाना उत्पादन लागत करिब १५ प्रतिशतले बढेको उद्योगीहरूको दाबी छ । ब्रोइलर र लेयर्स दानामा मूल्यवृद्धि गरिए पनि गाईभैँसीको दानामा भएको मूल्यवृद्धिबारे भने आधिकारिक विवरण सार्वजनिक नगरिएको संघको भनाइ छ । त्यतिमात्र नभई देशभर सञ्चालनमा रहेका दाना उद्योगहरूको यकिन तथ्यांकमा समेत एकरूपता देखिएको छैन । राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाको अभिलेखमा ७५ उद्योग सूचीकृत छन् भने किसान पोर्टलमा एक सय १८ र नेपाल फिड इण्डष्ट्रिज एसोसिएसनको विवरणमा एक सय १५ उद्योग रहेका उल्लेख छ । सरकारी र निजी क्षेत्रका अभिलेख फरक-फरक भएकाले वास्तविकरूपमा सञ्चालनमा रहेका उद्योगको संख्या, तिनको दैनिक उत्पादन क्षमता र बजार हिस्सा पारदर्शीरूपमा सार्वजनिक गरिनुपर्ने संघको माग रहेको छ । विगत एक वर्षमा गाईभैँसी, कुखुरा र बंगुरका दानामा भएको मूल्यवृद्धि तथा विदेशबाट आयात हुने कच्चा पदार्थको परिमाण र मूल्यको आधिकारिक विवरण सार्वजनिक गरिनुपर्ने, दानामा प्रयोग हुने मकै, भटमासको पिना र ढुटोमा ढुसी, अफ्लाटक्सिन तथा हानिकारक एन्टिबायोटिकको प्रयोग भए-नभएको नियमित प्रयोगशाला परीक्षण गरी गुणस्तरहीन दानाको बिक्रीमा कडा नियमन र अनुगमन गर्नुपर्ने, कच्चा पदार्थ महँगिएर स्वदेशी दाना उद्योग सञ्चालन गर्न कठिन भएमा राज्यले उद्योगलाई कर छुट, अनुदान वा सहुलियतपूर्ण ऋण दिनुपर्ने, उद्योगको सम्पूर्ण लागत वृद्धिको भार किसानमाथि थोपर्न नहुने पनि संघको माग रहेको छ । संघले सरकारसँग विभिन्न आठबुँदे माग अघि सारेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी र अस्ट्रेलियन डलरसहित महँगिए यी मुद्रा
Latest NewsJust now

अमेरिकी र अस्ट्रेलियन डलरसहित महँगिए यी मुद्रा

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो। आज अमेरिकन डलर १ को खरिद... ...

नेपालखबर
पोखरामा पनि शाओमी स्टोर
Latest NewsJust now

पोखरामा पनि शाओमी स्टोर

काठमाडौं । शाओमीले पोखरामा पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्रालिले सञ्चालनमा ल्याएको हो । स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध हुने कम्पनीले जनाएको छ । स्मार्टफोन खरिदमा मात्र ...

हिमालय टाइम्स
पिके निर्माण सेवाका विश्वकर्मा सम्मानित
Latest NewsJust now

पिके निर्माण सेवाका विश्वकर्मा सम्मानित

काठमाडौं । पिके निर्माण सेवा प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रकाश विश्वकर्मालाई आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको कार्य क्षेत्रअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार दोस्रो बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएकाले राष्ट्रिय कर दिवसका अवसरमा निर्माण व्यवसायी विश्वकर्मालाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय ...

हिमालय टाइम्स
एम्सको आयोजनामा ‘अभियन्ता-२६’ हुँदै
Latest NewsJust now

एम्सको आयोजनामा ‘अभियन्ता-२६’ हुँदै

काठमाडौं । काठमाडौं विश्वविद्यालमा मेकानिकल इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीको संस्था एसोसिएसन अफ मेकानिकल इञ्जिनियरिङ स्डुडेन्ट्स (एम्स) को आयोजनामा ‘अभियन्ता-२६’ हुने भएको छ । ‘अभियन्ता-२६’ अन्तर्गत मुख्य कार्यक्रम आगामी पुस ७ र ८ गते धुलिखेलस्थित विश्वविद्यालय प्रांगणमा हुने र त्यसअघि पनि विविध इभेन्टहरू आयोजना गरिने बताइएको छ । जसअनुसार मंसिर १२ देखि १४ गतेसम्म अल नेपाल गो-कार्ट प्रतिस्पर्धा आयोजना गरिने एम्सका अध्यक्ष आदर्श ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement