Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पशुपतिमा बाला चतुर्दशीको तयारी सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
पशुपतिमा बाला चतुर्दशीको तयारी सुरु
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। मङ्सिर २१ गते सोमबार पशुपति क्षेत्रमा मनाइने बाला चतुर्दशी पर्वको तयारी सुरु भएको छ। पर्वको तयारी तथा व्यवस्थापनका विषयमा पशुपति क्षेत्र विकास कोषले सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिसँग सुरक्षा व्यवस्थापन बैठक गरेको छ। कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको जानकारी दिए। पर्वका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई सहज दर्शनको व्यवस्था, भीड व्यवस्थापन, शान्ति सुरक्षा र आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल भएको उनले बताए। पर्व व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वयसमेत अघि बढाइएको कोषले जनाएको छ। मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ दिवङ्गत पितृका नाममा बत्ती बाल्ने र रातभर जाग्राम बस्ने परम्परा छ। भोलिपल्ट मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर बाला चतुर्दशी पर्व मनाइन्छ। मङ्सिर २० गते आइतबार साँझदेखि नै पशुपति क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने भक्तजनको घुइँचो लाग्ने गर्छ। पशुपति क्षेत्रका साथै देशका विभिन्न भागमा रहेका शिवालयमा पनि त्रयोदशीको साँझ बत्ती बाल्ने र चतुर्दशीको बिहान शतबीज छर्ने भक्तजनको भीड लाग्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
घर अगाडि पार्किङ गरेको स्कोर्पियोको चार वटै चक्का गायब
Latest NewsJust now

घर अगाडि पार्किङ गरेको स्कोर्पियोको चार वटै चक्का गायब

नयाँ दिल्ली । घर अगाडि पार्किङ गरेको स्कोर्पियो गाडीको चार वटै चक्का गायब भएको घटना प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडास्थित सिग्मा–३ सेक्टरमा चोरले स्कोर्पियोको चार... ...

रातोपाटी
इराकी अदालतद्वारा आईएसमा आबद्ध सात फ्रान्सेली नागरिकलाई आजीवन कारावासको सजाय
Latest NewsJust now

इराकी अदालतद्वारा आईएसमा आबद्ध सात फ्रान्सेली नागरिकलाई आजीवन कारावासको सजाय

गत वर्ष सिरियाली हिरासतबाट इराक स्थानान्तरण गरिएका ४७ जना फ्रान्सेलीविरुद्धको कारबाहीको सिलसिलामा यो फैसला आएको हो ...

कान्तिपुर
अपाङ्गता भएका व्यक्तिका लागि खुला सांस्कृतिक प्रतियोगिता हुँदै
Latest NewsJust now

अपाङ्गता भएका व्यक्तिका लागि खुला सांस्कृतिक प्रतियोगिता हुँदै

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको कला, संस्कृति, सिर्जनशीलता तथा प्रतिभा उजागर गर्ने उद्देश्यले युवा अपाङ्ग संगठन–नेपालले खुला सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी मंसिर २६ गते शनिबार बिहान ११... ...

रातोपाटी
‘चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय’
Latest NewsJust now

‘चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय’

धादिङ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बेनीघाट रोराङ गाउँपालिकाले गरेका प्रयास प्रशंसनीय रहेको बताएका छन्। गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले गरिबी, भौगोलिक विकटता र सामाजिक विभेदका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने, टिकाउने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने जिम्मेवारी सबैको भएको बताए। गाउँपालिकाले शिक्षाका लागि भिक्षा महायज्ञ आयोजना गरी करिब ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement