Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पर्सा प्रहरीद्वारा नक्कली घुमुवा पक्राउ

पर्सा प्रहरीद्वारा नक्कली घुमुवा पक्राउ

10/24/2026, 3:34:24 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्सा प्रहरीद्वारा नक्कली घुमुवा पक्राउ

तस्करहरुबाट पर्साको सिमावर्ती क्षेत्रमा असुली गरिरहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पश्चिमी सीमावर्ती ग्रमिण भेगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै तस्करहरुबाट अवैद्य रकम असुली गरेको आरोपमा अशोक वर्णवाल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरिया निवासी वर्णवालललाई ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रबहादुर मल्लले बताए । पक्राउ परेका वर्णवाललाई हाल ईलाका प्रहरी कार्यालय पोखरियामा राखेर सोधपुछ भइरहेको छ । अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, टिहुकी, भेडिहर्वा, मिर्जापुर, असवारी र जानकीटोलालगायत पश्चिमी सीमावर्ती क्षेत्रमा घुमुवा भनेर सर्वसाधारण र व्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको उनीमाथि आरोप छ । वर्णवाल प्रायः मास्क लगाएर सिमावर्ती क्षेत्रको असुलिमा सक्रिय रहेको बताइन्छ । भारतबाट घरायसी प्रयोजनका लागि सानातिना सामान ल्याउने सर्वसाधारण समेतलाई घुमुवा बताउँदै रकम माग्ने, रकम नदिए सामान पक्राउ गराइदिने प्रहरीमा उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । वर्णवालको सहयोगीको रुपमा काम गरेको आशंकामा पोखरिया नगरपालिका–५, सतवरियाकै दीपक यादवलाई ईलाका प्रहरी कार्यालय पोखरियामा बोलाएर सोधपुछ गरिएको छ । प्रहरी स्रोतका अनुसार वर्णवाल स्थानीय सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्ट (बीओपी) सम्म पुग्ने र माथिल्लो तहका अधिकारीहरूसँग आफ्नो निकट सम्बन्ध रहेको बताउने गरेका थिए । वर्णवाल पहिला तस्करीमा संलग्न रहेको र सुरक्षा निकायलाई सूचना दिने व्यक्तिका रूपमा परिचित हुँदै सशस्त्र प्रहरीको गणदेखि बाहिनी तहसम्म आफ्नो पहुँच रहेको देखाउने गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल
OthersJust now

मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

७ कात्तिक, मुस्ताङ । दशैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी–जोमसोम) सडकमार्ग पूर्ण रूपमा… ...

अनलाइन खबर
सुनसरीमा लागूऔषध बरामद प्रकरण : प्रहरीलाई फसाएको आरोप, सशस्त्रको यस्तो स्पष्टीकरण
OthersJust now

सुनसरीमा लागूऔषध बरामद प्रकरण : प्रहरीलाई फसाएको आरोप, सशस्त्रको यस्तो स्पष्टीकरण

काठमाण्डु – सुनसरीमा मोटरसाइकलसहित लागूऔषध बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीमाथि प्रश्न उठेपछि सशस्त्र प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीका अनुसार बरामद लागूऔषध लुट्ने र प्रमाण नष्ट गर्ने प्रयासका क्रममा खिचिएको भिडियोको गलत व्याख्या गर्दै सुरक्षाकर्मीलाई दोषी देखाउने प्रयास भएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका अनुसार […] ...

काठमाण्डुपाटी
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
OthersJust now

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

७ कात्तिक, काठमाडौं । बडादशैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने… ...

अनलाइन खबर
संविधान, गणतन्त्रको रक्षा गर्न जनतामा जागरण जगाउने नेकपाको उद्देश्य
OthersJust now

संविधान, गणतन्त्रको रक्षा गर्न जनतामा जागरण जगाउने नेकपाको उद्देश्य

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । अभियानको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधव कुमार नेपालले यसको उद्देश्य जनतासँग जोडिने र संविधान, गणतन्त्रसहितका प्राप्त उपलब्धिको रक्षा गर्नु रहेको बताएका छन् । उनका अनुसार, शनिबारदेखि आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेगरी अभियानको उद्देश्य संविधान,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play