पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

पर्सा। पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ। तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ। त्यसैगरी कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहारी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। उनका अनुसार लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ”, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले अनुमानित रु ७५ लाख ४४ हजार ४९ मूल्यका सामान बरामद गरेको छ। यस्तै अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको तथा रु तीन लाख ११ हजार ६०० जरिवाना गरिएको प्रहरीले जनाएको छ। यसैगरी, गत महिनाको विवरणअनुसार जिल्लाभरि ४० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन्। प्रहरी नायव उपरीक्षक मल्लले ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरी प्रहरीले रु १६ लाख ३६ हजार ५०० राजस्व सङ्कलन भएको पनि बताए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको १७ अर्ब कहाँ खर्च हुँदै छ ?
• भोटेकोशी–त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ, तर हालसम्म एक अर्ब रुपैयाँ मात्र निकासा गरिएको छ। • राहत वितरण, सडकको ट्र्याक खोल्ने र उद्धारका सामग्री खरिदमा रकम खर्च भइरहेको छ, र कोषको रकम पारदर्शी रूपमा खर्च गरिने आश्वासन दिइएको छ। • पुनर्निर्माणका लागि आवश्यक रकम कोषमा जम्मा भएको रकमभन्दा धेरै बढी ...

एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाँदा के हुन्छ?
• एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाने लक्ष्य स्वास्थ्यप्रति सचेत मानिसहरूबीच लोकप्रिय हुँदै गएको छ, जसले आन्द्राको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। • विभिन्न अध्ययनहरूले वनस्पतिजन्य खानेकुराको विविधता आन्द्रामा सूक्ष्मजीव समुदायको विविधता बढाउन मद्दत गर्ने र समग्र स्वास्थ्यमा सुधार ल्याउने संकेत गरेका छन्। • ३० प्रकारको लक्ष्य अनिवार्य नभएर स्वास्थ्य लाभका लागि व्यावहारिक मापदण्डको रूपमा लिइनु पर्छ, र २०-२५ ...

वेब प्रणालीमा साइबर सुरक्षा जोखिमबारे एससीएससीले जारी गर्यो नयाँ एड्भाइजरी
काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम भेटिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र(एससीएससी) ले वेब प्रणालीहरूमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी फेला पारेको हो । यो... ...

सरायको लयमा पहाड-तराई : शक्तिपीठहरूमा सांस्कृतिक उत्सव
दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म सराय नाचिन्छ । खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच्ने परम्परा छ । ...


