Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

पर्सामा एक महिनामा ११८ अपराधका घटना, १२२ प्रतिवादी पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्सामा एक महिनामा ११८ अपराधका घटना, १२२ प्रतिवादी पक्राउ
Photo / Coverage: नेपालन्युज

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले २०८३ साल कात्तिक महिनामा अपराध नियन्त्रण, अनुसन्धान, लागूऔषध कारोबार नियन्त्रण तथा अवैध गतिविधिविरुद्ध सञ्चालन गरेका विभिन्न कारबाहीको विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार कात्तिक महिनामा जिल्लाभर विभिन्न प्रकृतिका ११८ वटा अपराधका घटना दर्ता भएका छन्। तीमध्ये ज्यानसम्बन्धी ११, आत्महत्यासम्बन्धी ८, चोरीसम्बन्धी ८, संगठित तथा सामाजिक अपराध २२, आर्थिक अपराध ४९, बालबालिकासम्बन्धी अपराध ४, सवारी ज्यानसम्बन्धी २ र अन्य प्रकृतिका १४ घटना रहेका छन्। प्रहरीले चालु मुद्दाका फरार तथा प्रतिवादीमध्ये १२२ जनालाई पक्राउ गरेको छ। त्यसैगरी अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका मुद्दामा ८५ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट २५ वर्ष १० महिना ३ दिन कैद तथा ३२ लाख ७ हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरणमा उल्लेख छ। कात्तिक महिनामा जघन्य तथा गम्भीर अपराधअन्तर्गत कर्तव्य ज्यानको एउटा, हातहतियारसम्बन्धी एउटा र आर्थिक अपराधअन्तर्गत बैंकिङ कसुरका १४, ठगीका दुई तथा मुद्रासम्बन्धी दुई मुद्दा दर्ता भएका छन्। यस अवधिमा गम्भीर तथा आर्थिक अपराधसम्बन्धी कुल २० घटना दर्ता भएको प्रहरीले जनाएको छ। लागूऔषध कारोबारमा १७ जना पक्राउ लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले कात्तिक महिनामा १४ वटा मुद्दा दर्ता गरी १७ जनालाई पक्राउ गरेको छ। प्रहरीले ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरेको छ। त्यसैगरी लागूऔषधका रूपमा प्रयोग हुने नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुल बरामद गरिएको विवरणमा उल्लेख छ। लागूऔषध नियन्त्रण तथा सचेतना अभियानअन्तर्गत समुदाय केन्द्रित कार्यक्रमसमेत सञ्चालन गरिएको छ। प्रहरीले लागूऔषधसम्बन्धी ३१ वटा कार्यक्रममार्फत ५१४ जनालाई सचेत गराएको जनाएको छ। भन्सार छलीका ७० लाखभन्दा बढीका सामान बरामद अवैध भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा प्रहरीले ७० लाख ७० हजार ७९६ रुपैयाँ बराबरका सामान बरामद गरेको छ। उक्त कारबाहीमा कुनै व्यक्ति पक्राउ परेको विवरण भने छैन। त्यसैगरी अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत ६ हजार २६३ लिटर मदिरा र ६ हजार ३८० लिटर कच्चा पदार्थ बरामद गरिएको छ। यस क्रममा ११ जना पक्राउ परेका छन्। प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा बालुवा, ढुंगा र गिट्टी ओसारपसारमा प्रयोग गरिएका १० वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। उक्त कारबाहीबाट ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। अवैध वन पैदावार नियन्त्रणतर्फ १० वटा सवारीसाधन नियन्त्रणमा लिएर ३९ क्युबिक फिट काठ बरामद गरिएको छ। यसबाट एक लाख ९५ हजार रुपैयाँ राजस्व तथा जरिवाना प्राप्त भएको विवरणमा उल्लेख छ। एक महिनामा ३७ सवारी दुर्घटना, दुई जनाको मृत्यु कात्तिक महिनामा पर्सा जिल्लामा ३७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटनामा ६० वटा सवारीसाधन संलग्न रहेको प्रहरीको तथ्यांक छ। दुर्घटनाका कारण विश्लेषण गर्दा चालकको कारण ११, सवारीसाधनको अवस्थाका कारण २१ र यात्रुको कारण पाँचवटा दुर्घटना भएको उल्लेख छ। ट्राफिक नियम उल्लंघन गर्ने ९४१ वटा सवारीसाधनलाई कारबाही गरी १० लाख ८७ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। दुर्घटनाका क्रममा प्रहरीले ३० वटा सवारीसाधनको उद्धारसमेत गरेको छ। घरेलु हिंसाका २७ उजुरी, सबैमा मिलापत्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ कात्तिक महिनामा २७ वटा उजुरी दर्ता भएका छन्। सबै २७ वटै उजुरीमा मिलापत्र गराइएको प्रहरीको विवरणमा उल्लेख छ। त्यसैगरी घरेलु हिंसासम्बन्धी उजुरीका अतिरिक्त प्रत्यक्ष प्रहरी कार्यालयमा १९५ र जिल्ला प्रशासन कार्यालयमार्फत ३७ गरी जम्मा २३२ वटा ठाडो उजुरी प्राप्त भएका छन्। प्राप्त सबै उजुरी फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ। यस अवधिमा हराएका २६ जनामध्ये २१ जना फेला परेका छन्। हराउनेमा नौ महिला, दुई बालक र १५ बालिका रहेको विवरणमा उल्लेख छ। फेला पर्नेमा सात महिला, एक बालक र १३ बालिका रहेका छन्। अपराध नियन्त्रणका लागि विशेष निगरानी प्रहरीले अपराध न्यूनीकरणका लागि सीसीटीभी, क्यूआर तथा डिजिटल निगरानी प्रविधिको प्रयोग, सामाजिक सञ्जाल निगरानी, गोप्य सूचना संकलन, नियमित गस्ती, पैदल गस्ती, मोबाइल क्विक रेस्पोन्स टोली परिचालन तथा सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ। अपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको विगतका घटनामा संलग्नताका आधारमा ३५ वटा प्रोफाइलसमेत तयार गरिएको छ। रातिको समयमा वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा चेकिङ तथा २४ घण्टा स्ट्यान्डबाइ टोली परिचालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। प्रहरी कर्मचारीको मनोबल वृद्धि, सेवा प्रवाहमा सुधार तथा नागरिकमैत्री प्रहरी प्रशासन निर्माणका लागि समेत विभिन्न गतिविधि सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले कात्तिक महिनामा अपराध नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण, तस्करी नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम र धोका
Latest NewsJust now

‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम र धोका

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सनेमाको ‘बाँसैको सुप्लाखे’ गीतपछि आज टिजर सार्वजनिक गरेको हो । टिजरमा सिनेमा मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । टिजरमा प्रेम, खुसी, धोका र पीडा समेटिएको छ । मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी छ । ...

केन्द्रबिन्दु
कर्मचारी माग गर्न जनप्रतिनिधि धाउँदै सिंहदरवार
Latest NewsJust now

कर्मचारी माग गर्न जनप्रतिनिधि धाउँदै सिंहदरवार

काठमाडौँ, मङ्सिर २ गते । प्रदेश लोक सेवा आयोगले स्थानीय तहको मागअनुसार कर्मचारी पूूर्ति गर्न नसक्दा कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुुन थालेका छन् । अहिले कर्मचारी अभाव सबैभन्दा... ...

गोरखापत्र
चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य
Latest NewsJust now

चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा चितवन राईनोजले काठमाण्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मगंलबार टस जितेर ब्याटिङ गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play