Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पर्सामा एक महिनामा १११ अपराधका घटना

पर्सामा एक महिनामा १११ अपराधका घटना

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्सामा एक महिनामा १११ अपराधका घटना

काठमाडौं।जिल्ला प्रहरी कार्यालय पर्साले असोज महिनामा जिल्लामा भएका आपराधिक गतिविधि, अपराध अनुसन्धान तथा नियन्त्रणको प्रगति विवरण सार्वजनिक भएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उक्त महिनामा विभिन्न प्रकृतिका ११ वटा अपराधका घटना दर्ता भए। शान्ति सुरक्षाको हिसाबले निकै चुनौतीपूर्ण मानिने पर्सा जिल्लामा चाडबाड, विशेष गरी बडादशैं लक्षित सुरक्षा योजना लागू गरिएको उक्त महिनामा सामाजिक अपराधका ६१ घटना भएका थिए। यस अविधमा संगठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी ९, ज्यानसम्बन्धी ८, बालबालिकासम्बन्धी ६, सवारी ज्यानसम्बन्धी २ र अन्य प्रकृतिका ४ घटना दर्ता भए। त्यस्तै, जघन्य तथा गम्भीर अपराधअन्तर्गत कर्तव्य ज्यान एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना दर्ता भएको प्रहरी उपरीक्षक भट्टराईले बताए। यस अवधिमा चालु मुद्दाका प्रतिवादीमध्ये १२० जनालाई पक्राउ गरिएको उनले बताए। पर्सामा लागुऔषध नियन्त्रण शान्ति सुरक्षामा चुनौतीको रुपमा देखा परेको छ। उक्त महिनामा लाषुऔषधका १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकासँगको अनुसन्धान तथा कारबाहीका क्रममा ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद भएको छ। उक्त महिनामा पर्सामा ४० वटा सवारी दुर्घटना भएका थिए। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरी प्रहरीले १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ। विपद् व्यवस्थापनतर्फ १८ वटा घटना अभिलेख भएका छन्। ती घटनामा एक जनाको मृत्यु, १० जना घाइते र एक जना बेपत्ता भएका छन्। प्रहरीले १७ जनाको उद्धार गरेको विवरणमा उल्लेख छ। राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरेको छ। अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरी ३ लाख ११ हजार ६०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले अपराध न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि प्रहरीले असोज महिनामा समुदाय केन्द्रित २२५ वटा कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममा ४ हजार ७३८ जना लाभान्वित भएको विज्ञप्तिमा उल्लेख छ। “चाडबाडको समय भएकाले शान्ति सुरक्षा, अपराध नियन्त्रणमा केन्द्रित भएका छौँ, चाडबाडको समयमा हुन सक्ने घटनालाई लक्षित गरी जिल्लाभरि प्रहरी परिचालन र विशेष टोली खटाइएको छ,” भट्टराई भन्छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँको रमझमसँगै धान भित्र्याउने चटारो
ताजा खबरJust now

दसैँको रमझमसँगै धान भित्र्याउने चटारो

दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा किसानलाई धान काटेर भित्र्याउने चटारो छ। खेतमा पाकेर पहेँलपुर भएको धान काट्न, सुकाउन र थन्क्याउन किसान व्यस्त छन्। कतै परिवारका सदस्य मिलेर खेतमा धान काटिरहेका छन् त कतै काटेको धानका भारी बोकेर घर पुर्‍याउने र दाइँ गरेर अन्न छुट्याउने तयारी भइरहेको छ। नेपाली समाजमा दसैँ र खेतीपातीको आफ्नै सम्बन्ध छ। वर्षभरि खेतबारीमा पसिना बगाएका किसानका लागि ...

नेपालन्युज
जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
ताजा खबरJust now

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया युवतीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले... ...

रातोपाटी
श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म
ताजा खबरJust now

श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म

मानव समाजको इतिहास केवल ठूलो राजनीतिक परिवर्तन, युद्ध र शासन व्यवस्थाको इतिहास मात्र होइन । यो मानिसले आफ्नो समय, सीप, श्रम र सामूहिक प्रयासबाट निर्माण गरेको इतिहास पनि हो ।... ...

रातोपाटी
रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन
ताजा खबरJust now

रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन

काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले २५५ युरो अर्थात् झण्डै ४३ हजार ४२० रुपैयाँ जरिवाना गरेको छ । प्रशिक्षकसँगको विवादपछि गत महिना राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोमाथि महासंघको अनुशासन समितिले कारबाही गरेको हो । रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै यसलाई विश्वासको गम्भीर उल्लङ्घन भनेका थिए। तर, प्रशिक्षक जेसुसले भने ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play