Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरणमा पक्राउ परेका लुम्बिनी बचाउ अभियानका संयोजक रिहा

पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरणमा पक्राउ परेका लुम्बिनी बचाउ अभियानका संयोजक रिहा

10/27/2026, 4:50:08 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरणमा पक्राउ परेका लुम्बिनी बचाउ अभियानका संयोजक रिहा

पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानलाई नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको छ । खानले आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरुसँगको छलफलपछि छाडिएको बताएका छन् । खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे प्रसाद चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै प्रहरीले जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्‍याएको उनको आरोप छ । त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको उनले बताएका छन् । दिउसो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा भाई फकरुद्दिन खाँनको जिम्ममा लगाई प्रहरीले छोडेको उनले बताए । छलफलका क्रममा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरोध गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सुझाव दिएको उनको भनाइ छ । पत्रकारहरुसँग आफ्नो धारणा सार्वजनिक गर्दै खानले लुम्बिनीको हकहित र विकासका लागि आफूहरुले लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन् । सरकारका कदम र लुम्बिनीप्रतिको बेवास्ताविरुद्ध विभिन्न चरणमा विरोध प्रदर्शन, पत्रकार सम्मेलन र सभा आयोजना गर्नुका साथै मन्त्रीहरुलाई भेटेर ज्ञापनपत्रसमेत बुझाइएको उनले बताए । मन्त्रीको पुत्ला दहनलाई उनले सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि र आक्रोशको अभिव्यक्ति भएको बताएका छन् । लुम्बिनीको विकास, संरक्षण र स्थानीयको हितका सवालमा सरकार गम्भीर हुनुपर्ने उनको माग छ । संयोजक खानले आफूहरु कानुनी राज्यको सम्मान गर्ने बताउँदै लुम्बिनीवासीको हकहितका लागि अभियान जारी रहने स्पष्ट पारेका छन् । ‘हामी भाग्ने मान्छे होइनौँ । मन्त्रीको पुत्ला जलाइएको हो र यसमा हामी पछि हट्दैनौँ । तर कानुनको सम्मान गर्दै शान्तिपूर्ण रुपमा आफ्ना माग राख्छौँ,’ उनले भने । उनले आफूलाई फोन गरेर बोलाइएको भए स्वेच्छाले उपस्थित हुनेसमेत बताएका छन् । लुम्बिनीको नाममा राजनीति बन्द गर्न र यस क्षेत्रलाई बुद्धमय बनाउन सरकार तथा सम्बन्धित निकायले रचनात्मक ढंगले काम गर्नुपर्ने उनको आग्रह छ । खाँनसँगै प्रहरीले सार्वजनिक स्थलमा उत्श्रृंखल गतिविधि गरि सार्वजनिक शान्ती सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा पक्राउ गरेको अर्का आरोपी वाजिउद्दिन मुसलमानलाई पनि रिहा गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

१२ कात्तिकदेखि ३ दिन पदयात्रा अनुमति नदिइने
OthersJust now

१२ कात्तिकदेखि ३ दिन पदयात्रा अनुमति नदिइने

अध्यागमनले जारी गरेको सूचना अनुसार १२ देखि १४ कात्तिकसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम भएको पूर्वानुमान छ । ...

अनलाइन खबर
उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता
OthersJust now

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता

१० कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपाल–जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ । त्यस अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा… ...

अनलाइन खबर
ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान
OthersJust now

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । ...

अनलाइन खबर
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता
OthersJust now

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

१० कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीका बारेमा चासो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play