काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि पूर्व पर्यटनमन्त्री श्रद्धा श्रेष्ठ १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस उपसमितिले प्राप्त आवेदनमध्ये मूल्यांकनका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जना उम्मेदवारलाई सर्टलिस्टमा समावेश गरेको हो ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गरी सर्टलिस्ट तयार पारिएको हो । छनोट उपसमितिले शुक्रबार कात्तिक २० गते सार्वजनिक गरेको सूचनामार्फत संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ ।

उपसमितिले सार्वजनिक गरेको सूचीमा उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार राखिएको छ । सर्टलिस्टमा पर्ने उम्मेदवारहरूमा आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं), राजाराम केसी (काठमाडौं) र राम चन्द्र सेढाईं (गोरखा) रहेका छन् ।

त्यस्तै, रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), पुर्व पर्यटनमन्त्री श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्री प्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि सर्टलिस्टमा परेका छन् ।

छनोट उपसमितिले संक्षिप्त सूचीमा परेका सबै उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन निर्देशन दिएको छ । उम्मेदवारहरूले उपस्थित हुँदा आफ्नो शैक्षिक योग्यता तथा कार्यअनुभवसँग सम्बन्धित सक्कल कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

यसका साथै सर्टलिस्टमा परेका उम्मेदवारहरूले निर्धारित दिनमा आफ्नो प्रस्तुतीकरणसमेत दिनुपर्नेछ । प्रस्तुतीकरणमार्फत उम्मेदवारहरूले पर्यटन क्षेत्रको विकास, नेपालको पर्यटन प्रवर्द्धन, बोर्डको भावी रणनीति तथा कार्ययोजनालगायत विषयमा आफ्नो अवधारणा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पद पर्यटन क्षेत्रको नीति कार्यान्वयन, अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रवर्द्धन तथा निजी क्षेत्र र सरकारी निकायबीच समन्वयका दृष्टिले महत्वपूर्ण मानिन्छ । त्यसैले नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रियालाई पर्यटन क्षेत्रका सरोकारवालाले चासोका साथ हेरिरहेका छन् ।

पर्यटन बोर्डको सीईओ बन्न पूर्व पर्यटनमन्त्रीसहत १६ जना सर्टलिस्टमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज