लमजुङ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताएका छन्। एमाले लमजुङद्वारा बेंसीसहरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले दलहरू एकअर्कालाई कमजोर बनाउने प्रतिस्पर्धामा लाग्दा मुलुक कमजोर बन्दै गएको उल्लेख गरे। संविधान कमजोर भए त्यसबाट प्राप्त नागरिकका हकअधिकार समेत गुम्न सक्ने उनको भनाइ थियो। पूर्व मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार विकास निर्माण र पुँजीगत खर्चका दृष्टिले महत्त्वपूर्ण रहेको बताउँदै प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने बहसप्रति असहमति जनाए। उनले एमाले अब सत्ता केन्द्रित नभई जनता केन्द्रित भएर अघि बढ्नु पर्ने र पार्टीभित्र सुधार तथा पुनर्गठन आवश्यक रहेको बताए। कार्यक्रममा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले पार्टीलाई बलियो बनाउन गुटगत गतिविधि त्यागेर आन्तरिक एकता कायम गर्नुपर्ने बताए।
‘दलहरूबीच एकता र सहकार्य आवश्यक’

Read Complete Original Article
Published originally on नेपालन्युज






