Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

‘सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔं अझै झिलिमिली र विशेष’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔं अझै झिलिमिली र विशेष’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालीहरूको महान् चाड तिहार तथा छठ पर्वको अवसरमा सीजी इलेक्ट्रिकले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ । ‘उज्यालो भनेकै सीजी एलईडी’ भन्ने सन्देशसहित कम्पनीले पर्वको अवसरमा उज्यालो, खुसी र सकारात्मक ऊर्जाको महत्त्वलाई जोड दिएको छ । दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छ । यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र खुसीको सन्देश प्रवाह गर्दै आएका छन् । सीजी इलेक्ट्रिकले उपभोक्ताको दैनिक जीवनलाई सहज, सुविधाजनक र ऊर्जामैत्री बनाउने उद्देश्यले विभिन्न प्रकारका गुणस्तरीय एलईडी लाइटिङ तथा विद्युतीय उत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीका एलईडी उत्पादनमा वाइड भोल्टेज रेन्ज, लामो सेवा अवधि, वाइड बिम एंगल र ऊर्जा बचतजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । घर, कार्यालय, अस्पताल, राजमार्ग, पसल तथा होटललगायत विभिन्न स्थानमा प्रयोग गर्न सकिने यी उत्पादनले प्रभावकारी प्रकाश दिनुका साथै ऊर्जा बचतमा समेत योगदान पुर्‍याउने कम्पनीको विश्वास छ । तिहारमा घर सजाउने, दियो तथा बत्ती बाल्ने र आफन्तसँग खुसी साटासाट गर्ने परम्परालाई थप उल्लासमय बनाउन सीजी एलईडीका प्रकाश समाधान उपयुक्त विकल्प बन्न सक्ने कम्पनीले जनाएको छ । विशेषगरी लक्ष्मीपूजाका दिन घरलाई झिलिमिली बनाउनदेखि तिहारका हरेक रमाइला पललाई उज्यालोले सजाउन आफ्ना उत्पादन उपयोगी हुने कम्पनीको भनाइ छ । त्यसैगरी, सीजी एलईडीका उत्पादनमा २४ महिनाको वारेन्टी सुविधा उपलब्ध रहेको छ । यसले उपभोक्तालाई उत्पादनको गुणस्तरप्रति थप विश्वास र भरोसा प्रदान गर्ने कम्पनीले जनाएको छ । पर्वको अवसरमा सीजी इलेक्ट्रिकले हरेक नेपालीको घर तथा जीवनमा खुसी, उमङ्ग र समृद्धिको प्रकाश छाओस् भन्ने कामनासमेत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लागुपदार्थ सेवन गरेर गाडी चलाउने ११ जना चालकलाई कारवाही
Latest NewsJust now

लागुपदार्थ सेवन गरेर गाडी चलाउने ११ जना चालकलाई कारवाही

सिराज खान नेपालगन्ज, कात्तिक २० गते । तिहार र छठ जस्ता ठुला चाडपर्व शुरु भइसकेकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनको चेकजाँच तथा ट्... ...

गोरखापत्र
न्यायपालिकामा सुधार र फैसला कार्यान्वयनका लागि टिमवर्क र प्रविधि अपरिहार्यः प्रस्तावित न्यायाधीश बागचन्द
Latest NewsJust now

न्यायपालिकामा सुधार र फैसला कार्यान्वयनका लागि टिमवर्क र प्रविधि अपरिहार्यः प्रस्तावित न्यायाधीश बागचन्द

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा रत्नबहादुर बागचन्दले न्यायपालिकाको कार्यक्षमता अभिवृद्धि गर्न सामूहिक प्रयास, प्रविधिको प्रयोग र फैसला कार्यान्वयनको प्रभावकारी मोडेल आवश्यक रहेको बताएका छन्। शुक्रबार संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले न्यायालयप्रति जनताको भरोसा जगाउन र मुद्दाको चाप घटाउन संरचनागत सुधारमा जोड दिएक... ...

नेपालखबर
लहरीको ठक्करबाट साइकलयात्रीको मृत्यु
Latest NewsJust now

लहरीको ठक्करबाट साइकलयात्रीको मृत्यु

लीलाराज खड्का झापा, कात्तिक २० गते । पूर्वपश्चिम राजमार्गको झापाको कनकाई नगरपालिका –३ सुरुङ्गा पुलमा लहरी ट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । शुक्रवार दिउसो... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play