पर्यटक भित्र्याउन नेपाल–भारत पर्यटन व्यवसायीबीच सहकार्य

काठमाडौं । नेपाल र भारतबीच पर्यटन प्रवद्र्धन, लगानी तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आइतबारदेखि सुरु हुँदैछ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा हुने कार्यक्रममा भारतका विभिन्न शहरबाट पर्यटन तथा ट्राभल व्यवसायी सहभागी हुँदैछन्। उनीहरूलाई सुनौली सीमा नाकामा स्वागत गरिनेछ। कार्यक्रममार्फत नेपाली होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन गन्तव्यलाई भारतीय बजारसँग जोड्ने, संयुक्त पर्यटन प्याकेज बनाउने र दुवै देशका व्यवसायीबीच दीर्घकालीन साझेदारी विकास गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमअन्तर्गत भारतीय प्रतिनिधिमण्डलले रामग्राम स्तूप र नवलपुरको अमलटारीस्थित थारू गाउँ रिसोर्टको अवलोकन गर्नेछ। त्यहाँ पर्यटन व्यवसायीबीच छलफल तथा व्यावसायिक साझेदारीका सम्भावनाबारे अन्तरक्रिया हुनेछ। आयोजकका अनुसार चितवनको प्राकृतिक पर्यटन, नवलपुरको थारू संस्कृति, लुम्बिनीको बौद्ध सम्पदा र पोखराको प्राकृतिक सौन्दर्यलाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास गर्ने सम्भावनाबारे पनि छलफल गरिनेछ। The post पर्यटक भित्र्याउन नेपाल–भारत पर्यटन व्यवसायीबीच सहकार्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी केही यात्रु घाइते भएका प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए । बोटमा १४ जना यात्रु सवार थिए । बोट गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको जनाइएको छ […] ...

एआईलाई तालिम दिन आफ्नै कामको भिडियो खिचिरहेका छन् भारतीय श्रमिक
भारतका विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरू एआईलाई तालिम दिन आफ्नो दैनिक कामको भिडियो खिचिरहेका छन् । उनीहरूले खिचेका भिडियो प्रविधि कम्पनी र अनुसन्धान संस्थाहरूलाई बिक्री गरिन्छ । ती संस्थाहरूले विशेषगरी... ...

युट्युबमा आयो नेपाली वेब सिरिज ‘तथास्तु’
नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ स्वाद र मौलिक कथावस्तुसहित वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ। के।बी डिजिटल युट्युब च्यानल मार्फत उक्त सिरिजको ट्रेलर र पहिलो एपिसोड सार्वजनिक गरिएको हो। गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ व्यवहार, रहस्यमय साधु र एउटा अनौठो श्रापको वरिपरि घुम्ने यस सिरिजले दर्शकलाई मनोरञ्जनसँगै जीवन, परिवार, मित्रता र समयको महत्त्... ...

एशिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउन सफल टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको हो। एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अध्यक्ष चन्दले ...


